कांग्रेस नेता देउवाका ९७ बर्षीय बुबाको निधन

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाका ९७ बर्षीय बाबु प्रसादसिंह देउवाको आज काठमाडौंमा निधन भएको छ ।

उच्च रक्तचाप र स्वासप्रश्वास रोगबाट पीडित देउवाको उपचारका क्रममा त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको कांग्रेसले जनाएको छ ।

यसैवीच, स्वर्गीय देउवालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पार्थिव शरिर देउवा निवास बुढानिलकण्ठमा राखिएको थियो । श्रद्धाञ्जली दिन कांग्रेसका नेता तथा कार्यकर्ता शुभेच्छुक तथा बिभिन्न दलका नेताहरु बुढानिलकण्ठ गएका थिए । स्वर्गीय देउवाको आजै अन्तिम दाहसंस्कार गरिएको छ ।

स्वर्गीय देउवाको निधनप्रति कांग्रेस सभापति सुशील कोइरालाले दुःख व्यक्त गरेका छन् । उनले देउावको निधनबाट पार्टी र आफू दुःखी भएको जनाएका छन् ।

प्रतिक्रिया