सेवा शुल्क बन्देजले नाफा घट्ने

काठमाडौँ, २ चैत । नेपाल राष्ट्र बैंकले निक्षेप खातामा सेवा शुल्क लिन बन्देज लगाएपछि बैंकहरुको खुद नाफामा गिरावट आउने भएको छ ।
घरजग्गा कारोबारमा आएको मन्दीका कारण त्यस क्षेत्रमा गएको कर्जा खराब ऋणमा परिणत भएपछि ऋण नोक्सान व्यवस्थाअन्तर्गत ठूलो रकम छुट्याउनुपरेकाले बैंकहरुको खुद नाफामा यो भन्दा अघि पनि ठूलो गिरावट आएको थियो ।
चालु आवको ६ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २५ प्रतिशतले नाफामा गिरावट आइसकेको छ । बैंकहरुको विविध आम्दानीमध्ये ऋण कर्जाको ब्याजबाहेक विभिन्न सेवा शुल्कबाट लिइने आम्दानी पनि प्रमुख हिस्सा हो ।
बैंकहरुले ऋण दिादा एकदेखि तीन प्रतिशतसम्म सेवा शुल्क लिने गरेका छन् भने एटिएम जारी गर्दाको शुल्क, कमिसन र डिस्काउन्ट आम्दानी, विदेशी मुद्रा सटही घटबढ गर्दाको आम्दानीलगायत विभिन्न उपायबाट पनि आम्दानी गर्छन् । वाणिज्य बैंकले सामान्यतया बचत खातामा खाता सञ्चालन शुल्क वा लेजर शुल्कको नामबाट वाषिर्क प्रतिखाता एक सय रुपियाादेखि पााच सय रुपियाासम्म उठाउने गरेका छन् ।
राष्ट्र बैंकको ६ महिने तथ्याङ्कअनुसार वाणिज्य बैंकमा ६३ लाख ९५ हजार ८ सय ४९ , विकास बैंकमा ११ लाख ६६ हजार ६ सय ६४  र वित्त कम्पनीमा ७ लाख ३९ हजार ६ सय ७० वटा खाता गरी कुल ८३ लाख २ हजार १ सय ८३ वटा निक्षेप खाता सञ्चालनमा  छन् । कुल खातामध्ये ३० देखि ४० प्रतिशतसम्म बचत प्रकृतिको खाताहरु बैंक तथा वित्तीय संस्थामा रहने गरेको छ । विशेषगरी ‘क’ वर्गका वाणिज्य बैंकहरुले बचत निक्षेप खातामा सेवा शुल्कका रुपमा प्रत्येक वर्ष रकम काट्ने गरेका छन् ।
सम्बन्धित बैंक कर्मचारीका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खातामा प्रत्येक वर्ष पााच सय रुपियाा, लक्ष्मी , एनआइसी , किस्ट , एनएमबी बैंकलगायत अधिकांश वाणिज्य बैंकले एक सय रुपियां सेवा शुल्कस्वरुप बचत खाताहरुबाट काट्ने गरेका छन् । राष्ट्र बैंकको पछिल्लो निर्देशनले ग्राहक आधार बलियो भएका बैंकहरुको नाफामा केही गिरावट आउने बंैकर्सले बताएका छन् ।
बचत खाता बढी भएका बैंकको नाफामा राष्ट्र बैंकको निर्देशनले बढी असर गर्ने पनि ती बंैकर्स बताउाछन् । तुलनात्मकरुपमा नयाा बैंकहरुले भने निक्षेप खातामा सेवा शुल्क लिादैनन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले अनावश्यकरुपमा बढी खाता खोल्ने ग्राहकलाई निरुत्साहन गर्न सेवा शुल्क लिने गरिएको बताए । उनले ग्राहकको खाता सञ्चालन गर्दा लाग्ने खर्चलाई व्यवस्थापन गर्न सो शुल्क लिने गरिएको स्पष्ट पारे । बैंकर्सका अनुसार सेवा शुल्क लिन बन्देज लगाउादा बैंकको नाफामा २५ लाखदेखि २/३ करोड रुपियाासम्म कम नाफा आर्जन हुने देखिन्छ । राष्ट्र बैंकले हाल ल्याएको निर्देशन जरुरी नभएको बताउादै उनले अहिलेको प्रतिस्पर्धी वित्तीय बजारमा बढी सेवा शुल्क लगायो भने बैंक टिक्न नसक्ने हुादा नगण्यमात्र शुल्क लिने गरिएको बताए ।
‘निक्षेप खातामा सेवा शुल्क लिन बन्द गरिने गलत हो’ किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले भने । विदेशमा पनि निक्षेपमा केही सेवा शुल्क लिने प्रावधान भएको बताउादै उनले खाता सञ्चालन गर्दा आवश्यक पर्ने स्टेसनरीलगायत खर्च बेहोर्न त्यस्तो शुल्क लिने गरिएको बताए ।

प्रतिक्रिया