टिटी प्रशिक्षक निर्वाचनको पक्षमा

काठमाडौं, २ चैत । नेपाल टेबलटेनिस सङ्घ विघटन हुने चर्चा चलिरहेकै समयमा सङ्घको स्थगित निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने सोच वरिष्ठ प्रशिक्षकहरूले राखेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्निकट स्रोतले केही दिनमा नै नयाा तदर्थ कमिटी गठनको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ ।  निर्वाचन प्रक्रिया स्थगन भएकै अवस्थाबाट अघि बढाइनुपर्ने आवाज साधारणसभा सदस्य तथा मुख्य प्रशिक्षक वृजेन्द्र हमाल र प्रशिक्षक सुशील पौडेललगायत अन्य प्रशिक्षकको छ । २९ फागुनमा काठमाडौंमा भएको साधारणसभाको बन्दसत्रमा आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेपछि निर्वतमान अध्यक्ष चतुरानन्द वैद्य र महासचिव परमवीर राणाकै निवेदनमा निर्वाचन अधिकृत टेकबहादुर कट्टेलले निर्वाचन स्थगन गरेका थिए ।
१६ कार्यसमिति सदस्य, २६ जिल्ला, दुई क्षेत्रका दुई/दुई तथा दुई राष्ट्रिय विजेता, दुई साग स्वर्ण पदकधारी र प्राविधिक कमिटीका दुई गरी ८० जनाको साधारणसभामा आर्थिक प्रतिवेदनमाथि विवाद भई होहल्ला भएपछि वैद्यले स्थगनका लागि निवेदन
दिएका थिए ।
मुख्य प्रशिक्षक हमालले घटनालाई  समग्र टेबलटेनिसकर्मीको हार र अराजकताको जितको रूपमा व्याख्या गरेका छन् । प्रशिक्षक पौडेल पनि तत्काल निर्वाचन नै समस्याको समाधान भएको बताउाछन् ।
निवर्तमान अध्यक्ष वैद्य आर्थिक प्रतिवेदनमाथि छलफल हुादा ३०/३५ जनाको निवेदनपछि मात्र आफूले स्थगनका लागि पहल गरेको बताए । उनले सुरक्षा अवस्थासमेत खराब भएकाले ज्यान जोगाउन स्थगनको प्रयास गरेको बताए । ललितपुर टेबलटेनिस सङ्घका अध्यक्ष सुनील शाही भने वैद्यकै कारण निर्वाचन स्थगन भएको बताउाछन् । उनी अर्को तदर्थ समितिको पक्षमा रहेका छन् ।
उनले हलमा कुनै होहल्ला नभएको तर आफूहरूले कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास नभई निर्वाचन हुन नसक्ने तर्क राखेको बताए । कोषाध्यक्ष पवन थापा सङ्घ विघटन गराउने प्रयासमा लागेको र साधारणसभामा समेत उपस्थित नभएपछि कोषाध्यक्षको हस्ताक्षरविना आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । शाहीले वैद्यकै कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएका छन् । हमाल भने चार सदस्यीय छानबिन कमिटी गठन गरी निर्वाचन प्रक्रिया अघि बढ्ने सहमति भइसकेपछि त्यसै साधारणसभाबाट निर्वाचन गर्नु नै उपयुक्त विकल्प भएको बताउाछन् ।
स्थगनअघि शाही र हमाल पक्षबीच निर्वाचन हुने अनुमान गरिएको थियो । निवर्तमान अध्यक्ष वैद्य भने हमाल पक्षबाट उपाध्यक्षमा उम्मेदवार हुने तयारीमा थिए । वैद्यले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि आˆनो हैसियत अन्य साधारणसभा  सदस्यझैं भएको स्वीकार गर्दै साधारणसभा सम्पन्न हुन नसक्नुमा आफू नैतिक रूपले जिम्मेवार भएको स्वीकार गरे ।
नेपाल ओलम्पिक कमिटीले राजनीतिक हस्तक्षेप भए यसको विरुद्धमा रहने जनाइसकेको छ । ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले नयां तदर्थ कमिटी अवैध हुने दाबी गर्दै स्थगन भएकै अवस्थाबाट निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने र त्यो प्रक्रियाभन्दा अगाडि वैद्यकै नेतृत्वमा सङ्घ रहने सर्वमान्य मान्यता रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया