तीन चलचित्र भिड्दै

काठमाडौं । शुक्रबार रिलिज हुने परम्परा धान्दै आजदेखि तीन चलचित्र सार्वजनिक प्रदर्शनमा आउने भएका छन् । चलचित्र छन्- सडक, रक्षक र चपली हाइट । सडक र रक्षक उपत्यकामा मात्र रिलिज हुन लागेका छन् भने चपली हाइट उपत्यकालगायत बाहिरका मुख्यमुख्य स्टेसनबाट प्रदर्शनमा आउन लागेको हो ।  तीनै चलचित्रले उपत्यकामा एकअर्कासाग प्रतिस्पर्धा गर्ने भएका छन् भने उपत्यकाबाहिर चपली हाइटले कुनै पनि चलचित्रसाग प्रतिस्पर्धा गर्नु नपर्ने भएको छ ।
सडक
सडकमा आयुष रिजाल, रेखा थापा, अयुब चन्द, सुमिना घिमिरेको मुख्य अभिनय छ । प्रेम र भौतिक द्वन्द्वलाई निरन्तरता दिइए पनि यो रोमान्टिक चलचित्र भएको बताइएको छ । हरि बराल र पवन प्रजापतिले निर्माण गरेको यो चलचित्र पोखराआसपास छायाङ्कन गरिएको हो । काठमाडौा उपत्यकाबाहिर प्रदर्शनपछि यो चलचित्र उपत्यकाभित्र प्रदर्शन हुन लागेको हो ।
रक्षक
एक्सनलाई प्राथमिकता दिएर निर्माण गरिएको चलचित्र हो- रक्षक । उपत्यकाबाहिर प्रदर्शन भइसकेको यो चलचित्रलाई भोजपुरीमा पनि डबिङ गरिएको छ । राजेश हमाल, विराज भट्ट, रेखा थापालगायतको मुख्य भूमिका रहेको छ । गीतसङ्गीत पनि सशक्त पक्ष मानिएको यो चलचित्र मनोज नारायणले निर्माण तथा सानु शाक्यले निर्देशन गरेका छन् ।
चपली हाइट
चपली हाइट यौन मनोविज्ञानमा आधारित चलचित्र हो । विनीता बराल, अमिर गौतम, राज घिमिरे आदिको मुख्य अभिनय रहेको चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन् । तीन पात्रबीचको मनोविज्ञान, सेक्स र मानवीय सम्बन्धको उतारचढाबलाई चलचित्रको मुख्य विषयवस्तु बताइएको छ । देशभरिबाट एकसाथ प्रदर्शनमा आउन लागेको चपली हाइट दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । -सौस)

प्रतिक्रिया