जुम्रा झर्‍यो भने त सिद्धिगयो नि !

नवल खड्का, नायक तथा निर्माता

हिजोआज केमा व्यस्त ?
अहिले नेपालमा चलचित्र दशगजाका शोहरू सकेर विदेशमा देखाउन व्यस्त छु । पछिल्लो समय थाइल्यान्ड, हङकङ र कतारमा प्रदर्शन गरेर नेपाल फर्किएको हुँ । फेरि १२ वटा देशमा देखाउने तयारी गरिरहेको छु । नयाँ चलचित्र भीमदत्तको पनि तयारीमा छु ।
आफ्ना चलचित्रमा चलेकालाई मात्र किन स्थान दिनुहुन्छ ? राउटे जातिकालाई मौका दिनुभए नेपाली कलाकारितामार्फत उनीहरूको पनि उत्थान हुन्थ्यो होला नि ?
राउटे जातिलाई मिल्ने किसिमको कथा भयो भने निश्चय नै खेलाउन सक्छु किनभने हिरो भन्नेबित्तिकै लामो केस पालेको हृष्टपुष्ट मात्र हुनुपर्छ भन्ने छैन । नेत्रहीन पनि हिरो हुन सक्छ, कथाअनुसार खुट्टा नभएको अनि होचो पनि मुख्य भूमिकामा देखिन सक्छ ।
तपाईंको यस्तो कुरा सुनेर भोलि नै कुनै प्रतिभावान् राउटे काठमाडौ“ आइपुगे भने ?
निश्चय नै म त्यस राउटेलाई चलचित्रमा मुख्य पात्र दिएर खेलाउन सक्छु । उसको प्रतिभाको कदर गर्छु ।
मापसेको कारबाहीमा पर्नुभएको छ कि छैन ?
छैन ।
पर्नुभयो भने ?
म ड्रिङ्स नै गर्दिनँ, कसरी पर्नु ?
कुनै कार्यक्रममा सबैले देख्ने गरी तपाईंको कपालबाट का“धमा जुम्रा झरे के गर्नुहुन्छ ?  
हा हा हा…जुम्रा झ¥यो भने त सिद्धिगयो नि । हत्तेरिका, कसको जुम्रा टाँस्सिएछ भन्दै हटाउँथेँ होला ।
यदि तपाईंलाई विश्वमा सबैले चिनिसकेको अवस्थामा फेरि अपरिचित जिन्दगीमा  फर्कनुपर्ने बाध्यता आए के गर्नुहुन्थ्यो ?
अँ…बडो गाह्रो पो भो त । त्यसका लागि चाहिँ अर्काे जुनी नै लिनु पर्ला ।
कुनै राउटे केटीले विवाहको प्रस्ताव गरे स्वीकार्नुहुन्छ ?
घरमा श्रीमतीले मारिहाल्छे नि । विवाह गरिनसकेको भएचाहिँ सोच्न सकिन्थ्यो ।
एक दिनलाई रूप परिवर्तन गर्न पाउनुभयो भने ?
बाघ बन्थेँ । जङ्गलको राजा नै बाघ हो ।

प्रतिक्रिया