काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२५’ मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाइजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बने ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनर अप, रिदयम थापा सेकेन्ड रनर अप बन्दा सिनियर ब्वाइजतर्फ दक्ष तनवर फस्ट रनर अप र आदी चौधरी सेकेन्ड रनर अप भए ।
त्यस्तै प्रतियोगीतामा सिनियर गर्लतर्फ वियन्सा गुप्ता फस्ट रनर अफ, जयना थापा सेकेन्ड रनर अप, भियना पौडेल थर्ड रनर अप र देवान्सी आर एल शाह फोर्थ रनर अप चुनिँदा जुनयर गर्लतर्फ सुहानी श्रेष्ठ फस्ट रनर अप, निरोसा प्रधान सेकेन्ड रनर अप, सर्हषा टंडन थर्ड रनर अप र श्रीनीति पराजुली फोर्थ रनर अफ बन्न सफल भए ।
विभिन्न तामझामसहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्धनिर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुनियरमा २९, सिनियरमा २३ गरेर ५२ केटाकेटी प्रतियोगिताको फाइलनमा रहेका थिए ।
नीलिमा मास्के श्रेष्ठ (संस्थापक÷निर्देशक–ब्युटिफुल माइन्ड्स प्रि स्कुल), मनिषा मुखिया (इसिए र अंग्रेजी विभाग हेड ड्याफोडिल बोर्डिङ स्कुल), नैना चन्द ( प्राइमरी स्कुल कोअडिनेटर –काठमाडौँ वल्र्ड स्कुल) अदिता मल्ल–एसोसिएट अफिसर, डिजिटल मार्केटिङ र कन्टेन्ट क्रिएसन (एस स्कूल), आशिष थापा (चिफ अपरेसन अफिसरन–जेभियर इन्टरनेसनल स्कूल) शिरीष रत्न तुलाधर (ब्रान्डिङ र पार्टनरसिप हेड (सिजी लर्निङ), सन्तोष चापागाईं (इसिए कोअडिनेटर–भ्याली भ्यु स्कुल), सम्झना ढकाल शर्मा (डिपार्टमेन्ट हेड सोसियल साइन्स–मिल्सबेरी स्कुल) लगायत निर्णायक प्रतियोगितामा रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
एडभान्स ओरल डेन्टल हस्पिटल मुख्य प्रयोजक रहेको प्रतियोगीताका सबै विजेताले उपाधिको साथमा विभिन्न नगद गिफ्ट र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् । प्रतियोगीतामा गिफ्टको व्यवस्था रियल जुस, हर्लिक र डाइसुकेले प्रायोजना गरेको थियो ।
प्रतिक्रिया