संविधान जेठ १४ मा बन्दैनः गौतम

बारा, ३० फागुन । एमाले उपाध्यक्ष बामदेव गौतमले जेठ १४ गते नयाँ संविधान जारी हुने सम्भावना कम हुँदै अएको बताएका छन् ।
प्रेस चौतारी बारा शाखाले आज कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले भने, ‘जेठ १४ गते नयाँ संविधान जारी हुन्छ भन्ने कुरामा एमालेले आश मारिसकेको छ ।’
बर्तमान सरकारले मुलुकलाई बर्बादीको खाडलमा लगेको आरोप लगाएका उपाध्यक्ष गौतमले माओवादी शान्ति र संविधान विरोधी दलका रुपमा देखिएको दाबी गरे । उनले सरकार सम्झौता र सहमति गर्न तयार भएपनि कार्यान्वनयमा ध्यान नदिएको बताए ।
माओवादी र मधेशवादी दल राष्ट्रिय सहमतिका लागि ईमान्दार नरहेको गौतमको भनाई थियो ।

प्रतिक्रिया