अनाथाश्रमका लागि इजरायलमा लुट

काठमाडौः पवित्र समाज नेपाल नामक अनाथाश्रमको सहयोगार्थ चलचित्र लुट इजरायलमा प्रदर्शन गरिने भएको छ । त्यहां कार्यरत नेपालीको संस्था नेवाः खलले मार्च १६ मा त्यहां प्रदर्शन गर्न लागेको हो । उठेको सम्पूर्ण रकम बसुन्धरास्थित अनाथाश्रमलाई प्रदान गरिने खलकी अध्यक्ष ममता श्रेष्ठले बताएकी छन् ।
नेपाली कला र संस्कृतिलाई जोगाइराख्न नेपालबाट कलाकार तथा चलचित्र लगेर इजरायलमा प्रदर्शन गर्दै आएको संस्थाले बेलाबेलामा सामाजिक सङ्घसंस्थालाई सहयोग गर्ने गरेको श्रेष्ठले बताइन् । निर्माता माधव वाग्ले नेपालबाट लुट लिएर इजरायल जाने भएका छन् ।

प्रतिक्रिया