पत्रकार लामिछाने माथि सांघातिक आक्रमण

बारा, २९ फागुन । बारा जिल्लाको सिमरामा आज दिउसो पत्रकार उपेन्द्र लामिछाने माथि सांघातिक आक्रमण भएको छ । लामिछनेलाई सिमरा ६ का अर्जुन बैद्यले कुटपिट गरि घाइते बनाएका हुन् ।
कुटपिटबाट गम्भिर घाइते लामिछानेको अवस्था चिन्ताजनक रहेको छ । घाइते लामिछानेको सिमरास्थित सन्जीवनी क्लिनीकमा प्राथमिक उपचार भएको थियो । लामिछानेको बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा थप उपचार भइहेको छ ।
लामिछाने माथि आक्रमण गर्ने बैद्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैद्यलाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केपी शर्माले बताए । पत्रकार लामिछाने माथि आक्रमण गर्नुको कारण खुल्न सकेको छैन । पत्रकार लामिछाने नागरिक दैनिकका बीरगन्ज ब्यूरो प्रमुख हुन् ।
लामिछाने माथि अपरान्ह साढे चार बजे सिमरा बजारको चोकमा उभिरहेका समयमा मोटरसाईकलमा सवार भई आएका बैद्यले अचानक हेलमेटले टाउको र मुखमा प्रहार गरि घाइते बनाका थिए ।
यसै बीच नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार लामिछाने माथि भएको आक्रमणको घोर भत्र्सना गरेको छ । शाखाका सचिव जयनारायण यादवले विज्ञप्ति जारी गरि दोषीलाई कानून अनुसार कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया