साफ च्याम्पियन भारत पनि बाहिरियो

काठमाडौं, २८ फागुन । फेरि एकपटक उपाधि जित्ने लक्ष्यका साथ सहभागी भएको दोस्रो संस्करणको विजेता भारत चौथो एसियन फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्जकपको समूहचरणबाटै बाहिरिएको छ ।
सन् २००८ को संस्करणमा विजेता बनेको दक्षिण एसियाली टोली भारत लगातार दोस्रो हारपछि एक खेलअगावै सेमिफाइनल नपुग्ने निश्चित भएको हो । पहिलो खेलमा ताजिकिस्तानसाग २-० ले पराजित हुादै खराब सुरुआत गर्न पुगेको भारत आइतबार दोस्रो खेलमा फिलिपिन्सविरुद्ध पनि समान नतिजाले स्तब्ध हुनुपर्‍यो ।
स्ट्राइकरहरूले राम्रो प्रदर्शन गर्न नसक्दा दुई खेलको समाप्तिमा भारत अङ्करहित छ । समान खेलपछि उत्तर कोरिया शतप्रतिशत जितको नतिजाका साथ ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दुई खेल नै खेलेका ताजिकिस्तान र फिलिपिन्सको समान ३ अङ्क छ । अन्तिम खेलमा ताजिकिस्तान र फिलिपिन्सबीच प्रतिस्पर्धा हुने भएकाले उत्तर कोरियासागको भिडन्तअगावै भारत समूहचरणबाट बाहिरिएको हो ।
‘योजनाअनुसार खेलाडीको प्रदर्शन भएन ।’ समूहचरणमै रोकिनुपरेपछि भारतीय टोलीका प्रशिक्षक पी मडेराले भने, ‘खासगरी मेरो टोलीमा स्ट्राइकरको अभाव खड्कियो ।’
दुई महिनाअघि मात्र दक्षिण एसियाली फुटबल महासङ्घ -साफ) च्याम्पियनसिपको उपाधि जितेको भारतीय टोलीका प्रशिक्षक मडेराले भरपर्दा स्ट्राइकर सुनिल क्षेत्री पूर्ण स्वस्थ नहुनु र सन्न्यास लिइसकेका भाइचुङ भुटियाको पूर्ति हुन नसक्नु टोलीले गोल गर्न नसक्नु भएको बताए । समूहमा खेलेका दुवै खेलमा भारतले गोल गर्न सकेन । सन् २००८ को फाइनलमा व्यहोरेको हारको बदला लिादै पहिलो खेलमा ताजिकिस्तानले भारतलाई २-० ले हराएको थियो ।
पहिलो खेलमा साविक विजेता उत्तर कोरियासाग २-० ले हार व्यहोर्नुका बाबजुद फिलिपिन्स बलियो मनोबलका साथ भारतविरुद्ध प्रस्तुत भएको थियो । विजयी टोलीका लागि दुवै गोल मिडफिल्डर फिलिप जेम्स यंङहज्बेन्डले गरेका थिए ।  १० आंै मिनेटमै दर्शनीय गोलमार्फत टोलीलाई सुरुआती अग्रता दिलाएका यङहज्बेन्डले ७४ आंै मिनेटमा व्यक्तिगत तथा खेलको दोस्रो र अन्तिम गोल गरेका हुन् ।
रिबाउन्डमा डि-बक्सभित्रबाट यङहज्वेन्डले बल नियन्त्रणमा लिने क्रममा एकपटक घुम्दै सेकेन्ड वारमा सुरुआती गोल गरे ।  डि-बक्सभित्रै अर्का मिडफिल्डर जेम्स जोसेफ यङहज्वेन्डले निकालिदिएको उत्कृष्ट पासमा उनले वन भर्सेस वनमा अर्को गोल गरेका हुन् । जोसेफको पासलाई भारतीय डिफेन्डरले नियन्त्रणमा लिन नखोज्दा उपलब्ध गोलकिपरसागको जम्काभेटमा यङहज्वेन्डले सेकेन्ड वारमा गोल गरेका थिए । ‘भारतले राम्रो खेल्यो तर हामीले अझ राम्रो खेल्यौं र त्यसैकारण जित्यौं ।’ फिलिपिन्सका जर्मन प्रशिक्षक हान्स माइकल वेसले भने ।
गोलका अतिरिक्त अग्रता लिएलगत्तै फिलिपिन्सले आधा दर्जनजति राम्रा आक्रमण रचेको थियो । उत्कृष्ट लयमा देखिएका यङहज्वेन्डले ३५ आंै मिनेटमा
डि-बक्सबाहिरबाट गरेको प्रहार क्रसवारको नजिकैबाट बाहिरिएको थियो । उनैले त्यसको सात मिनेटपछि ३० यार्डबाट एक्लैले अगाडि बढाएर गरेको प्रहार फस्ट वारको नजिकैबाट बाहिरिन पुग्यो । दोस्रो हाफमा मिडफिल्डर एन्जेल गेराडोको प्रहार भारतका गोलकिपर करञ्जित सिंहले राम्ररी बचाए ।
जित्नैपर्ने दबाबका साथ फिलिपिन्सविरुद्ध उत्रिएको भारतको फिनिसिङ कमजोर रहृयो । प्रायः भारतीय आक्रमण प|mेमबाहिर थिए । खेल सुरु भएको ६ मिनेट पनि बित्न नपाउादै रसाङ्मी भसुमले गरेको प्रहार क्रसवारको नजिकैबाट बाहिरियो । ४९ आंै मिनेटमा डिफेन्डर साइद रहिम नाबीले क्रसमार्फत डि-बक्सभित्र राम्रो अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग गर्न कुनै पनि खेलाडी सफल भएनन् । ६९ औं मिनेटमा डि-बक्सभित्रबाट मिडफिल्डर अब्रान्चेस जोकिम सन्तनको हेड प्रहार सेकेन्ड वारको नजिकैबाट बाहिरियो ।
अन्तिम समयमा भारतले खेललाई बराबरीमा ल्याउने दुईवटा अवसर पाएको थियो तर त्यसमा पनि कमजोर फिनिसिङ नै समस्या बन्यो । पि|mकिकमार्फत आएको बललाई फिलिपिन्सका गोलरक्षकले समात्न खोज्दा फुत्किए पनि नजिकै रहेका भारतीय खेलाडीले त्यस अवसरलाई सदुपयोग गर्न सकेनन् । ८९ अै मिनेटमा सुनिल क्षेत्रीले खाली पोस्टमा गोल गर्न सकेनन् । गोललाइनबाट आएको पासमा सुनिलले नियन्त्रणबाहिर पुगेको गोलपोस्टमा गरेको प्रहारले पफम पनि समात्न सकेन । ‘अब भारतले स्ट्राइकर खोज्नुपर्ने बेला आएको छ । यसलाई गम्भीररूपमा लिनु आवश्यक छ ।’ भारतका प्रशिक्षक मडेराले भने ।

उत्तर कोरिया सेमिफाइनलमा
आइतबार नै हल्चोक मैदानमा सम्पन्न समूह ‘बी’को अर्को खेलमा उत्तर कोरियाले आˆनो प्रभावलाई निरन्तरता दियो ।
उत्तर कोरियाले ताजिकिस्तानलाई २-० ले पराजित गरेको हो । लगातार दोस्रो जितसागै उत्तर कोरिया सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । फिलिपिन्स र ताजिकिस्तानबीच मङ्गलबार हुने खेलले समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया