एउटा छाडेर अर्को खेलमा स्टार

काठमाडौं, २८ फागुन । एउटै खेलका भिन्न कोणमा उत्कृष्ट भएर अलराउन्डरको छवि बनाएका थुप्रै छन् । यहाा चर्चा गर्न खोजिएका नाम अलि पृथक हुन् ।
नेपाली खेलकुदकी सर्वर्कालीन उत्कृष्ट खेलाडी तथा तेक्वान्दो स्टार सङ्गीना वैद्य तथा दुई परिचित स्पि्रन्टर केशमाया श्रीष र चन्द्रकला थापा राम्रो फुटबलर पनि हुन् भन्ने तथ्य धेरैलाई थाहा छैन । छैटांै राष्ट्रिय खेलकुद त अलि फरक नै रहृयो यस सबालमा । एउटा खेलमा परिचय बोकिसकेर पनि पछि अर्को खेलमार्फत राष्ट्रिय स्टार हुनेहरू थुप्रै रहे सुदूरपश्चिमको बृहद् खेल महोत्सवमा  ।
यसै सूचीमा रहेकी कराते खेलाडी राममाया थापाले भारोत्तोलनको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् भने कुनै समय कैलाली जिल्लाकी चर्चित फुटबलर सविता चौधरी ‘हर्डल्स क्विन’ का रूपमा राष्ट्रिय खेलकुदमा उदाइन् । भलै उनको नाममा एउटा मात्र स्वर्णपदक किन नरहोस् । कुनै समय नेपालकी परिचित पौडीवाज थिइन्, गङ्गा चौधरी । ओलम्पिक युथ प्रोजेक्टअन्तर्गत लिटल एन्जल्स स्कुलमा अध्ययनरत यी छात्रा ५० को दशकको अन्त्यमा विद्यालय तहकी स्टार पौडीवाज थिइन् । मूलधारको खेलकुदबाट टाढा रहेकी यी बालिका एकाएक धनगढीको छैटांै राष्ट्रिय खेलकुदमा उदाइन् ।
सुदूरपश्चिमका स्वर्णविजेता चार जुडो खेलाडीको सूचीमा यी पनि अटाइन् । गङ्गाले ६३ किलो तौलसमूहमा स्वर्णपदक जितिन् । ‘म खेलकुदबाट हराएकी थिइन् । जुडोको बालप्रतिभाका रूपमा स्कलरसिप पाएर नै पौडीमा जमेकी हाु । अहिले फेरि जुडोको स्वर्णपदक जितेा ।’ महिला ६३ किलो तौलसमूहमा स्वर्णपदक जितेकी गङ्गाले भनिन् ।
त्यसै समयमा विद्यालयस्तरीय एथलेटिक्समा जमेकी झापाकी देविका खड्काले जुडोकै महिला ५२ किलो तौलसमूहमा कांस्यपदक जितिन् ।
कैलालीको फुटबल टिमकी सदस्य सविता ०६६ मा काठमाडांैमा राष्ट्रपति रनिङ सिल्डमा देखिएपछि एपिएफका एथलेटिक्स प्रशिक्षक सुशीलनरसिंह राणाको मन छोयो । दुई वर्षअघि उनलाई हाइजम्प खेलाउने सोचमा सुशीलले टोलीमा आबद्ध गरेका थिए । त्यसै समयदेखि उनको फुटबलसागको साइनो चटक्कै छुट्यो । दुई वर्षपछि उनी राष्ट्रिय खेलकुदमा छाइन् । एक सय मिटर हर्डल्सको हिटमा राष्ट्रिय कीर्तिमान कायम गरेकी सविताले चार सय मिटरमा पनि राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
यिनको भन्दा फरक कहानी छ, राममाया थापाको । सितेरियो करातेकी दोस्रो डान राममाया ०६५ को भारोत्तोलन खेलमा आकषिर्त भइन् । ०६६ मै यिनी ६३ किलो तौलसमूहमा राष्ट्रिय च्याम्पियन भइन् । जापान जाने छनोट खेलमा आफूले स्कोर गरे पनि रेप|mीको पक्षपाती निर्णयको सिकार भएको जनाउादै भारोत्तोलनमा लागेको बताउने राममायाले छैटांै राष्ट्रिय खेलकुदको ७० किलोभन्दा माथिको तौलसमूहमा क्लिन एन्ड जर्कमा ७७ तथा स्न्याचमा ५० किलो उठाइन् । क्लिन एन्ड जर्कमा तथा कुल १ सय २७ किलोको दुई राष्ट्रिय कीर्तिमान राममायाको नाममा रहेको थियो ।

प्रतिक्रिया