नारायणहिटीको संरक्षण गर !

मुलुकको चिनारी कला, संस्कृति, परम्परा, रीतिरिवाज, धार्मिकस्थल र विशेष प्रकारको भू–बनोटले गराएको हुन्छ । ऐतिहासिक महत्वपूर्ण बोकेका यिनै वस्तुले विश्वसामु राष्ट्रिय पहिचानको वकालत गर्छन् । यस्ता वस्तु वर्तमानका लागि मात्र हु“दैनन् । आउने सन्ततिको पनि ती वस्तुमाथि उत्तिकै हकभोगको अधिकार रहन्छ । यी ऐतिहासिक पुरातात्विक वस्तु भोलिको पुस्तालाई जस्ताको तस्तै सुम्पिन राज्यले उचित संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।
नेपालमा गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले छाडेको ऐतिहासिक नारायणहिटी दरबारलाई सङ्ग्रहालय बनाइयो । तर, उचित संरक्षण र सम्वद्र्धन हुन सकेन । फलस्वरूप आज यो सङ्ग्रहालयमा रहेका ऐतिहासिक, दुर्लभ र कलात्मक सामग्री नष्ट हुदै गएका छन् । कतिपय दुर्लभ तस्बिरहरू त्यहाबाट गायब पारिएको छ । सङ्ग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार पूर्वराजाले छाडेपछि ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिड’मा परिणत भएका खबरहरू बाहिर आएका छन् । ५० फिट अग्लो प्यागोडा शैलीको मुख्य भवन र अन्य केही कोठामा वर्षायाम लागेपछि पानी चुहिने भएकाले ऐतिहासिक तस्बिर, नक्सा, लालपुर्जालगायत महत्वपूर्ण कागजात नष्ट भएका छन् । यी वस्तुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारको हो । तर, वर्तमान सरकार राष्ट्रको चिनारी बोकेका महत्वपूर्ण धरोहरको संरक्षण गर्न उदासीन रहेको पाइन्छ । यसको संरक्षण र सम्वद्र्धन गर्न सरकार अक्षम छ भने कुनै सक्षम र विश्वासिलो सङ्ख्या खोजेर जिम्मा दिनुपर्छ । गैरजिम्मेवार बन्दै इतिहास मेटाउने काम सरकारले गर्नु हुदैन । यसप्रति सम्बन्धित निकायको तुरुन्त ध्यान जाओस् ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा परिणत भएपछि नेपाली जनता निकै खुसी भएका थिए । नारायणहिटीभित्र छिरेर ऐतिहासिक सामग्री हेर्न टिकट काट्नेको भीड अहिले पनि बढिरहेकै छ । भनिन्छ, त्यहा लाखौ रुपिया उठ्ने गरेको छ । जुन पैसाले नारायणहिटीको मर्मत, सम्भार र संरक्षण गर्न सकिन्छ । तर, वर्तमान सरकार नारायणहिटी दरबारलाई खोले, घास दिन नपर्ने दुहुनो गाईको रूपमा प्रयोग गर्दै आएको छ । त्यसै कारण त्यहा“ सङ्ग्रहित गरिएका दुर्लभ तस्बिर हराएका छन् र भएका पनि सड्दै गएका छन् । राजा महेन्द्र र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला दरबारमा बसेर खिचाएको तस्बिर त्यहाबाट हराएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण मानिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग शिलान्यास गर्दा राजा महेन्द्रले माटो खन्दै गरेको ऐतिहासिक तस्बिर पनि त्यहाबाट गायब गरिएको छ । यसरी ऐतिहासिक सामग्री हराउदै, चोरिदै र नष्ट हुदै जाने क्रम नरोकिएमा हाम्रो मुलुकले केही वर्षभित्रै आफ्नोपन हराउनेछ । यसर्थ वर्तमान सरकारलाई ऐतिहासिक, महत्वपूर्णर भविष्यका सन्ततिको सम्पत्ति संरक्षण गर्न सबै क्षेत्रबाट दबाब दिनुपर्छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेका सम्पूर्ण ऐतिहासिक वस्तुको अभिलेख तयार गर्ने र ती वस्तु सुरक्षित राख्ने काम सरकारको हो । त्यो दायित्व सरकारले पूरा गर्नैपर्छ । अन्यथा, हाम्रो परम्परा, आस्था, विश्वास र इतिहासका साथै वर्तमान जोड्ने कडीका रूपमा इतिहास जान्न चाहने भविष्यका सन्ततिलाई हामीले किंवदन्ती मात्र सुनाउनुपर्ने अवस्था आउन सक्छ । तसर्थ नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेका ऐतिहासिक वस्तुको संरक्षण, सम्वद्र्धनमा सरकारले ध्यान पु¥याओस् । यस्ता संवेदनशील र ऐतिहासिक वस्तुको पहिचान गरी राज्यले बेलैमा मर्मत, सम्भार र संरक्षण गरोस् ।

प्रतिक्रिया