जग्गा बिवादमा झडप हुँदा ४ घाईते

इलाम, २८ फागुन ।     इलामको सिद्धिथुम्कामा आज आफन्तबीच जग्गाको सीमानाका बिषयमा बिवाद भई झडप हुँदा चार जना घाईते भएका छन् । सिद्धिथुम्का–२ मा विहान करिब ८ बजे आफन्तबीच भएको झगडामा खुकुरी हानाहान भएको थियो ।

खुकुरी हानाहानमा चार जना गम्भिर घाईते भएका छन् । काका भतिजबीच अंशका विषयमा झगडा भएको थियो । खुकुरी लागेर उध्र्व पिठाकोटे मगर, उनका छोरा, भीष्म पिठाकोटे मगर, भतिज टेकबहादुर पिठाकोटे मगर र टेकबहादुरकी श्रीमती नरमाया घाईते भएका छन् ।

भीष्मबहादुरको टाउको र खुट्टामा गहिरो चोट लागेको छ भने टेकबहादुरको अनुहार सुन्निएको छ । शरीरको भित्री भागमा समेत असर पुगेको श्रीमति नरमायाले बताएकी छन् । घाईते सबैको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

घाँस काट्न गएकी नरमायाले आफ्ना श्रीमान्लाई उध्र्वबहादुर र भीष्मले कुटिरहेको देखेपछि मन थाप्न नसकेर नरमायाले पनि हात हालेको स्वीकार गरेकी छन् ।

प्रतिक्रिया