इलजस्तो देखिँदा

लन्डन, २७ फागुन । विश्वस्तरको कुनै ठूलो नेताको जस्तै जिउडाल र अनुहार हुनु कतिपय मानिसका लागि गौरवको विषय हुन सक्छ । तर, उत्तर कोरियाका पूर्व नेता किम जोङ इलसँग अनुहार मिलेकै कारण वेस्ट लन्डन निवासी विलियम चोङको जीवन निरस बनेको छ । ‘इलको जस्तै अनुहार भएकाले ४३ वर्षको हुँदा पनि म एक्लो छु, मेरो विवाह अझै भएको छैन’ उनको दुःखेसो छ ।
बेलायतमा कोरियाका कम्युनिस्ट नेता इललाई धेरैले मन पराउँदैनन् । त्यसैले इलको जस्तै अनुहार भएका विलियमसँग प्रेम गर्न धेरैले सङ्कोच मानेका हुन सक्छन् । विलियमसँग राम्रो आम्दानी हुने जागिर र आकर्षक घर छ । ‘तर, किमजस्तो देखिएकै कारण केटीहरू ऊसँग नजिकिँदैनन् । ऊ एक्लो जीवन बिताइरहेको छ,’ विलियमका एक मित्रले भने ।
वेस्ट लन्डनको एउटा  होटलमा काम गर्दै आएका विलियम गत डिसेम्बरमा नेता इलको निधन भएपछि उत्साहित भएका थिए । ‘अबचाहिँ एक्लो रहनुपर्दैनजस्तो लागेको थियो, तर अझैसम्म मैले जीवनसाथी पाउन सकिन,’ उनी भन्छन् ।
इलजस्तै हुँदा प्रेम नपाए पनि केही विज्ञापनमा मोडलिङ गर्न अवसर भने उनलाई मिलेको छ ।  ‘इलजस्तो भएकैले कलकार हुन मज्जा आएको छ । तर पनि, यसले पे्रमबाट मलाई अलग राखेको छ,’ उनी सुनाउँछन् । (द सन)

प्रतिक्रिया