देवघाट हुँदै सौराहासम्म

सरमिसले भन्नुहुन्थ्यो, ‘यात्रा गरेर सिकेको मान्छे, पढेर सिकेको भन्दा धेरै ज्ञानी हुन्छ ।’ यो भनेको के हो, म बुझ्दैनथेँ । पछिल्लोपटक विद्यालयबाट चितवनको देवघाट र सौराहा शैक्षिक भ्रमण जाँदा भने मैले यो कुरा बुझेँ । पत्रपत्रिका र स्कुलका किताबमा ती ठाउँबारे पढेको थिएँ । त्यही ठाउँमा पुगेर जुन जानकारी पाएँ, त्यो पढेको भन्दा धेरै स्पष्ट थियो ।
भ्रमण टोलीमा भानुभक्त मेमोरियल हाइअर सेकेन्डेरी स्कुलको कक्षा आठ मा पढ्ने दुई सय २५ विद्यार्थी थियौँ । धेरै साथी पहिलोचोटि काठमाडौँबाहिर जाँदै रहेछन् । मेरोचाहिँ घर नवलपरासी अनि मामाघर बुटवल भएकाले त्यो बाटो थुप्रैपटक गइसकेकी थिएँ । देवघाट पुग्दा म पनि अरू साथीजस्तै निकै रमाएँ । त्यहाँको झोलुङ्गे पुलमा डरकै बीचमा साहस जुटाएर कट्दा निकै रमाइलो लाग्यो । पहिलोपटक झोलुङ्गे पुल चढेका कतिपय साथी त बीचमा पुगेपछि निकै आत्तिए । त्यस्तोमा पनि केही मानिस भने पुलमाथि डरलाग्दो गरी झुन्डिएर मर्मत गरिरहेका थिए । उनीहरूलाई देखेरै हामीलाई आँट आएको थियो । पारिपट्टि पुगेपछि त्यो पवित्र धाममा घुमघाम र दर्शन ग¥याँै । त्यहाँ थुप्रै वृद्धाश्रम पनि रहेछन् । बुढेसकालमा नातिनातिना खेलाउँदै, घुमघाम गर्दै बिताउनुपर्ने बेला त्यसरी वृद्धाश्रममा बस्नुपरेको देखेर मलाई नरमाइलो लाग्यो ।
साँझतिर हामी सौराहा पुग्यौँ । धेरैपटक किताबमै पढेको चितवन राष्ट्रिय निकुन्ज घुम्न पाइने भएकाले हामी सबै अर्को दिनका लागि निकै उत्सुक भएका थियौँ । त्यस दिनचाहिँ हामीले थारू नाच हे¥यौँ । उनीहरूको कलाकौशल देखेर हामी त छक्कै प¥यौँ । तर, नाचमा कतै पनि केटी देखिएनन् । केटीको भूमिकामा समेत केटाहरू नै केटी बनेर नाच्दा भने अलि मजा आएन  । भोलिपल्ट बिहानै हामी हात्ती चढ्यौँ । राष्ट्रिय निकुञ्जमा बाक्लो जङ्गल होला भनेको त धेरै झाडी र बुट्यान पो रहेछन् । हामीले हात्ती, जरायो, हरिण, गैंडा, मयूरजस्ता थुप्रै जनावर देख्यौँ । कोहीकोहीले मात्र बाघ देख्न पाएछन् । बाघ हेर्नलाई हल्ला गर्न नहुने रहेछ, हामीले पछि पो थाहा पायौँ । त्यहाँ त जनावरजस्तै थुप्रै नयाँनयाँ चरा पनि देख्यौँ ।
हाम्रो यो भ्रमण निकै फलदायी रह्यो । कारण, हामीले देवघाटमा वृद्धवृद्धाको पीडादायी अवस्था पनि देख्यौँ, स्थानीय संस्कृतिको संरक्षण गर्दै विकास गरिएको पर्यटकीयस्थल सौराहा घुम्यौँ र सधैँ किताबमा देख्ने र पढ्ने गरेका जनावरलाई उनीहरूकै वासस्थानमा भेट्यौँ पनि । अब यी विषयमा परीक्षामा म खुलेर लेख्न सक्छु होला । सर–मेडमले भन्ने गरेझैँ पढेरभन्दा परेर सिकेको राम्रो हुने साँच्चिकै रहेछ ।
– कक्षाः ८
भानुभक्त मेमोरियल हाइअर सेकेन्डेरी स्कुल
पानीपोखरी, काठमाडौँ

प्रतिक्रिया