सीमा नाकामा सडक विस्तार

बुटवल, २७ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई लक्षित गरी सडक अतिक्रमण गरी बनाइएका ट्याकी तथा टहराहरु हटाउन सुरु गरेको छ ।

पहिलो चरणमा लुम्विनी भ्रमण बर्षलाई लक्षित गरी नेपाल भारत सीमा नाका बेलहीयामा सडक अतिक्रमण गरी बनाइएका टहराहरु हटाईएको छ । उक्त स्थानमा पर्यटकको सहजताका लागि बस तथा ट्याक्सी राख्ने व्यवस्था गरिने नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले बताए ।

प्रहरीको सहयोगमा नगरपालिकाले भैरहवा भन्सार कार्यालय अगाडी अनाधिकृत रुपमा राखिएका १२ वटा भन्दा धेरै टहरा तथा ट्याकीहरु हटाएका छन् । डक विस्तारका क्रममा स्थानीय युवाहरुले केही अवरोध समेत गरेका थिए ।

नगरपालिकाले पटक पटक आग्रह गर्दापनि अटेर गरेपछि डोजर प्रयोग गरेर टहरा भत्काएको हो ।

प्रतिक्रिया