लडाकु शिविरमा आगलागी

इलाम, २६ फागुन । इलामको चुलाचुलीस्थित माओवादी लडाकुको प्रथम डिभिजन मुख्यालमा आज दिउँसो आगलागी भएको छ ।
दिउँसो करिब १२ बजेदेखि सुरु भएको आगलागीबाट करिब अढाइ लाख रुपैया बराबरको क्षति भएको डिभिजन कमाण्डर प्रतिक्षाले जनाएका छन् ।
डिभिजन कमाण्डर प्रतिक्षाका अनुसार अचानक विद्युत सर्ट भएर शिविरमा आगलागी भएको थियो । आगलागीबाट क्याम्पभित्र रहेको पानीको पाइप लाइन, एउटा कुखुरा फर्म, बिजुली लाइन र टेबल कुर्सीहरुमा क्षति पुगेको छ ।
चार कठ्ठा जमिनमा रहेको काँस समेत जलेर नष्ट भएको छ । आगलागी पछि झापाको भद्रपुरबाट गएको बारुण यन्त्र, सुरक्षाकर्मी, माओवादी लडाकु र स्थानीयबासीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया