‘बिकिनी परेड’को कीर्तिमान


पानामा सिटी, २५ फागुन । ‘गिनिज बुक’ मा नाम लेखाउने होडबाजी चलिरहादा अमेरिकाको ˆलोरिडा राज्यमा रहेको पानामा सिटीमा युवतीहरूले विश्वकै सबैभन्दा ठूलो ‘बिकिनी परेड’ गरी कीर्तिमान कायम गरेका छन् । ब्रा र पेन्टी मात्रै लगाएका चार सय ५० जना युवती परेडमा सहभागी थिए । यसअघि तीन सय ५७ जनाको ‘बिकिनी परेड’ को कीर्तिमान तोड्दै पानामा सिटीमा भएको परेड ‘गिनिज बुक’ मा दर्ता भएको हो । परेडमा सहभागी हुन अमेरिकाका अन्य राज्यका युवती पनि आएका थिए । उनीहरूले एक माइल दूरी हिाडेर पार गरेका थिए ।
एक युवतीले देशका लागि केही गर्नै पर्छ भन्ने लागेपछि परेडमा सहभागी हुन आएको बताइन् । ‘यो मेरो जीवनकै सबैभन्दा रोमाञ्चक दिन हो, गिनिज बुकमा नाम लेखिएपछि मेरा आाखा रसाएका थिए । अमेरिकी हुनमा मलाई गर्व छ,’ कार्ली क्विन नाम गरेकी ती युवतीले भनिन् । -एजेन्सी)

प्रतिक्रिया