प्यालेस्टाइनद्वारा नेपाल पराजित


काठमाडौं, २५ फागुन । दशरथ रङ्गशालामा उपस्थित १० औं हजार घरेलु दर्शकसामु बिहीबार एएफसी च्यालेन्जकपमा प्यालेस्टाइनविरुद्ध उत्रिएको नेपाल २-० ले पराजित भएको छ ।
समूहचरणको पहिलो खेलमा नेपालका लागि गोलकिपर किरण चेम्जोङको एउटा गल्ती महङ्गो सावित भयो । त्यस्तै, केही प्रहार बारमा ठोक्किनु पनि घरेलु टोलीका लागि दुर्भाग्यपूर्ण रहृयो ।
खेल सुरु भएको पहिलो पााच मिनेटभित्रै पछि परेको नेपाल बीचमा राम्रो लयमा देखिए पनि खेललाई बराबरीमा ल्याउन भने असफल भएको थियो । यद्यपि पहिलो हाफसम्म खेलमा दबाब सृजना गरे पनि  नेपालले दोस्रो हाफमा पनि थप गोल खाएको थियो ।
प्यालेस्टाइनको जितमा दुवै गोल फर्वार्ड फाहिद ए एफ अत्तालले गरेका थिए । गोलकिपर किरणको गल्तीको फाइदा उठाउादै खेलको चौथो मिनेटमै अत्तालले टोलीलाई अग्रता दिएर रङ्गशालामा उपस्थित हजारौं घरेलु दर्श्कलाई स्तब्ध पारेका थिए । करिब ३० यार्ड टाढाबाट भएको शक्तिशाली प्रहार गोलरक्षक किरणले नियन्त्रणमा लिन नसक्नु नै घरेलु टोलीलाई सुरुआती झड्का हुन पुग्यो । किरणको हातबाट फुत्केको बल गोललाइन नजिकैबाट  अर्का प्यालेस्टिनी फर्वार्ड अला ए आइ अत्याले अत्ताललाई पास दिएका थिए जसलाई अत्त्लले लगभग खाली पोस्टमा फस्र्ट बारबाट जाली चुमाएका थिए ।
ख्ोलमा सुरुआती झड्का पाए पनि नेपालले लयमा र्फकने राम्रै प्रयत्न गरेको थियो । २४ आंै मिनेटमा उत्कृष्ट तालमेलका बीच जुमानु राईले डि-बक्सबाट गरेको प्रहार सेकेन्ड वारमा लागेर फर्किएको थियो । दर्शनीय तालमेल गर्दै अनिल गुरुङले जुमानुलाई क्रसमार्फत बल निकालिदिएका थिए । त्यसपछि नेपालको दबाब पहिलो हाफसम्म रहृयो । यद्यपि मध्यपंक्ति जम्न नसक्दा नेपालले त्यस अवधिसम्म खेललाई बराबरीमा ल्याउन भने सकेन ।
मध्यान्तरपछि नेपालले दुई मिडफिल्डरलाई परिवर्तन गरेको थियो । भरत खवास र निराजन खड्कालाई प्रतिस्थापन गरी सन्तोष साहुखल र भोला सिल्वाल मैदान प्रवेश गरे पनि त्यसले कुनै सफलता दिलाउन सकेन । केही समय दबाबपूर्ण प्रर्दशन गरे पनि ६८ औं मिनेटमा नेपालले उल्टो गोल खायो र त्यससागै घरेलु टोलीले खेल ज्ाित्ने  सम्भावना कमजोर बन्यो । गोलरक्षक किरण अगाडि आएको मौका छोप्दै अत्तालले ‘डी’ बक्सभित्रबाट सेकेन्ड वारमा गोल गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा प्यालेस्टाइनका यी लोभलाग्दा फर्वार्डले ३२ खेलमा १४ गोल पूरा गरे ।
प्यालेस्टाइनले अग्रता दोब्बर पार्दा नेपाली डिफेन्डरका त्रुटि पनि प्रशस्त रहे । धेरैजसो समय के देखिएको थियो भने नेपाली टोलीतिर गोलकिपरबाहेक अरू सबै खेलाडी मध्यरेखाभन्दा पारी नै झुम्मिएका हुन्थे तापनि एक्लैले बल लिएर अगाडि बढेका अत्ताललाई विफल पार्न डिफेन्डरबाट भएका प्रयास सफल हुन सकेका थिएनन् ।
७७ आंै मिनेटमा जुमानु राई विपक्षी गोलकिपरसित वन भर्सेस वनमा देखिए पनि ‘डी’ बक्सभित्र प्यालेस्टाइनका  गोलकिपर राम्जी एस ए सलेसले ‘स्लाइड’ गरी बल क्लियर गरेका थिए । त्यस्तै ८३ औं मिनेटमा साहुखलको हेड प्रहार क्रसवारमा
लागेर बाहिरिएको थियो । रोहित चन्दको पि|mकिकमा ‘डी’ बक्सभित्रबाट साहुखलले हेडमार्फत बल प्रहार गरेका थिए ।
‘खेलाडीले पटक-पटक गल्ती गरे । अन्तर्राष्ट्रिय फुटबलमा सानासाना गल्ती पनि महङ्गो बन्ने गर्छन् ।’ खेलपछि नेपाली टोलीका प्रशिक्षक ग्राहृम रोबर्टसले भने, ‘गोलरक्षकदेखि फर्वाडसम्मबाट पटक-पटक गल्ती भए ।’ खेलपछि आयोजित पोस्टम्याच कन्फेरेन्समा रोबर्टस पत्रकारविरुद्ध आक्रोसित देखिए । ‘नेपाली पत्रकारले खेलाडीलाई सम्मान गर्दैनन् ।’ खेलाडीले राम्रो खेलेनन् नि  भनेर पत्रकारले टिप्पणी गर्दा टोलीको प्रदर्शन राम्रो भएको दाबीसहित रोबर्टस खनिए, ‘यही लेख्नुस्, मलाई केही पनि मतलब छैन । तपाइर्ंहरूलाई लेख्ने अधिकार छ, तपाईं आˆनो विचार लेख्नुस् तर त्यो सत्य होइन ।’
यता प्यालेस्टाइनका प्रशिक्षक जमल मौमुद अवेद मौमुदले दुवै टोलीले राम्रो प्रदर्शन गरेको बताए । ‘नेपालले राम्रो प्रदर्शन गरे पनि अवसर सदुपयोग गर्न सकेन तर हामीले प्राप्त अवसरलाई गोलमा परिणत गर्‍यौं,’ मौमुदले भने ।
प्यालेस्टाइनसागको हारपछि नेपाली टोलीको अघिल्लो चरण प्रवेशयात्रा कठिन बनेको छ । समूहको अर्को खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई ३-१ ले हराएपछि नेपाललाई अब जितसागसागै गोलको सङ्ख्या पनि त्यत्तिकै महत्वपूर्ण हुनेछ । समूहमा प्यालेस्टाइन र तुर्कमेनिस्तानको समान तीन अङ्क भयो । नेपालले दोस्रो खेलमा शनिबार माल्दिभ्सको सामना गर्नेछ । सो खेल दशरथ रङ्गशालामै हुनेछ ।

तीन खेलाडीलाई कार्ड, जितेन्द्रको डेब्यु
पहिलो खेलमा प्यालेस्टाइनसागको हार मात्र नेपालका लागि पर्याप्त रहेन, थप के पनि भयो भने तीन महत्वपूर्ण खेलाडीले पहेंलो कार्ड पनि खान पुगे । डिफेन्डर विराज महर्जन, मिडफिल्डर निराजन खड्का र फर्वार्ड सन्तोष साहुखलले कार्ड व्यहोरे । दोस्रो हाफमा मैदान छिरेका साहुखलले अन्तिम समयमा कार्ड पाएका थिए । यसैबीच डिफेन्डर जितेन्द्र कार्कीले प्यालेस्टाइनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । विराजन महर्जनलाई प्रतिस्थापन गर्दै दोस्रो हाफमा जितेन्द्र मैदान छिरेका थिए ।

तुर्कमेनिस्तानको जित
समूह ‘ए’कै खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई ३-१ ले पराजित गरेको छ । २० अै मिनेटमा अहमदुहामको गोलमा माल्दिभ्सले अप्रत्यासित अग्रता लिएको खेलमा तुर्कमेनिस्तानका लागि रस्लानले गोल गरे । उत्तरार्द्धमा घारिमान चोनकाएभले तुर्कमेनिस्तानलाई अग्रता दिलाए भने अमानाभे अर्सलमारेटले अर्को गोल गरे । जितपछि तुर्कमेनिस्तान समूहमा पहिलो स्थानमा रहेको छ भने पराजित माल्दिभ्स तेस्रो स्थानमा रहेको छ । तुर्कमेनिस्तानले शनिबार प्यालेस्टाइनसाग खेल्नेछ ।

प्रतिक्रिया