“चपली हाइट”बालबालिकाले हेर्न नपाउने

काठमाडौ, २५ फागुन । चलचित्र चपली हाइट १६ वर्षमुनिकाले हेर्न नपाउने भएका छन् । चलचित्र सेन्सर बोर्डले कामोत्तेजक दृश्य समेटिएको भन्दै १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने भनी चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएपछि बालबालिकाले हेर्न नपाउने भएका हुन् ।
प्रदर्शनमा आउनुअघि नै ‘अश्लील’ दृश्य समेटिएको भन्दै चर्चा अनि विवादमा आएको चपली हाइटलाई बोर्डले थुप्रै संवाद र केही दृश्य हटाउन निर्देशन दिादै निर्माणपक्षलाई एडल्ट सर्टिफिकेट उपलब्ध गराएको सेन्सर सदस्य कल्पना बिसुरालले बताइन् ।
सेन्सरको मान्यता अवहेलना गरी हलले बालदर्शकलाई चलचित्र देखाएको पाइए निर्माता तथा हल सञ्चालक दुवैलाई कारबाही गरिने बोर्डका एक कर्मचारीले जनाए । उनले भने, ‘हाम्रो अनुगमन निरन्तर रहनेछ, गल्ती गर्नेलाई कारबाही गर्छौं । यसअघि कडा कारबाही नभएकाले यस विषयमा लापरबाही हुादै आएको छ ।’
चलचित्रमा रहेको अमिर गौतम र विनीता बरालको उत्तेजक बेडसिन सेन्सरको कैाचीमा परेको छ । आमिर र विनीताका अलावा राज घिमिरेको मुख्य भूमिका रहेको चलचित्र दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । -सौस)

प्रतिक्रिया