७० करोड राजस्व संङकलन

कैलाली, २५ फागुन । आर्थिक वर्ष २०६८,०६९ को पछिल्लो ९ महिनामा कैलाली भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले ६९ करोड ८८ लाख ८० हजार राजस्व संङकलन गरेको छ ।

भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०६८,०६९ फागुन २० गतेसम्म ६६ करोड ६ लाख ७५ हजार राजस्व असुल गरेको छ । चार महिना बाँकी रहदा भन्सार कार्यालयले आफ्नो वार्षिक लक्ष्यको ६८.४८ प्रतिशत राजस्व संङकलन गर्न सफल भएको छ । कार्यालयको आव २०६८,६९ मा ९६ करोड ५१ लाख ९२ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको छ ।

कार्यालयले साउनमा लक्ष्य भन्दा ११२.६६, असोजमा १३.४९, कार्तिकमा २९.३४, मङ्सिंरमा १७.७५, पुसमा १९.६०, माघमा ४१.३७ र फागुनमा ६७.११ प्रतिशत लक्ष्य भन्दा बढी राजस्व संङकलन भएको भन्सार कार्यालय कैलालीले जानकारी दिएको छ ।

भन्सार कार्यालयमा निर्यात भन्दा आयात हुने सामानबाट बढी राजस्व संकलन हुने गरेको छ । भन्सार कार्यालयले गौरीफन्टा हुँदा नेपाल आयात हुने तेलबाट बढी राजस्व उठाउने गरेको छ भने त्यसपछि सिमेन्टबाट बढी राजस्व संङकलन गर्ने गरेको छ । पेट्रोलमा प्रति केयल १५ हजार २ सय भन्सार महशुल, चार रुपैंयाँ सडक सुधार लागि र १३ प्रतिशत मुल्य अभिवृद्धि कर लाग्ने गरेको छ ।

डिजेलमा प्रति केयल २ हजार भन्सार महशुल लाग्ने गरेको छ भने २ रुपंैयाँ सडक सुधारको लागी र १३ प्रतिशत मुल्य अभिवृद्धि कर लिने प्रावधान रहेको छ ।

यसैगरी, सिमेन्टमा प्रति मेट्रिकटन ३ हजार ५५० रुपैयाँ भन्सार महशुल र १ सय ८० रुपैयाँ अन्त शुल्क लाग्ने गरेको छ । भन्सार कार्यालयले प्राप्त गर्ने राजस्व आयात हुने सामानमा मात्र निर्भर रहेको छ ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय कैलालीले माघमसान्तसम्म ३ करोड १७ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा यो कार्यालयले लक्ष्य भन्दा १ सय २० प्रतिशत अर्थात ३ करोड ८२ लाख ५ हजार राजस्व संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया