एएफसी च्यालेन्जकप आजदेखि

काठमाडौं, २४ फागुन । चौथो संस्करणको एसियन फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्जकप बिहीबारदेखि राजधानीमा सुरु हुादै छ । नेपालमा पहिलोपटक हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो यस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एसियाका आठ टिम सहभागी छन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने यस प्रतियोगितामा पहिलो चरणमा दुई समूह रहनेछन् । चार टोली रहने प्रत्येक समूहको शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ । समूह ‘ए’ मा प्यालेस्टाइन, माल्दिभ्स, तुर्कमेनिस्तान र नेपाल छन् ।  फिलिपिन्स, भारत, ताजिकिस्तान र उत्तर कोरिया समूह ‘बी’ मा छन् । उत्तर कोरिया प्रतियोगिताको साविक विजेता हो ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पि्र-म्याच कन्फेरेन्समा सहभागी सबै टोलीले राम्रो प्रर्दशन गर्ने दाबी गरे । उत्तर कोरिया, भारत, ताजिकिस्तान, तुर्कमेनिस्तानलगायतका टोलीले उपाधि जित्नेसम्मको लक्ष्य व्यक्त गरे । लामो समयको तयारी र अभ्यास खेलका कारण आˆनो टोली बलियो भएको ती टोलीको दाबी छ ।
त्यसमा पनि उत्तर कोरिया बलियो प्रत्यासी भएकोमा स्वयं भारत, ताजिकिस्तानलगायतको अनुमान छ । भारत र ताजिकिस्तान यस प्रतियोगिताका पूर्वविजेता हुन् । उत्तर कोरियाले भने प्रतियोगिताको उपाधि जित्दै एसियन कप खेल्ने लक्ष्य लिएको बताएको छ । ‘हामी एसियन कप खेल्न चाहन्छौं,’ उत्तर कोरियाका प्रशिक्षकले भने । एएफसी च्यालेन्जकपको विजेता एसियन कपका लागि छनोट हुने व्यवस्था छ । उत्तर कोरिया सन् २०१० मा भएको विश्वकपमा सहभागी थियो । विश्वकप खेलेका करिब आधा दर्जन खेलाडी अहिले पनि उत्तर कोरियन टोलीमा छन् । उत्तर कोरिया गतवर्ष नेपालमा भएको छनोटचरणमा समूहविजेता भएको थियो ।
नेपालसहित फिलिपिन्स, प्यालेस्टाइन, माल्दिभ्सलगायतका टिमले प्रतियोगितामा सफलताभन्दा पनि बलियो चुनौती पेस गर्ने लक्ष्य राखेको बताए । ‘हामीसाग युवा खेलाडी छन्, उनीहरूलाई पछिका लागि अनुभव लिने यो राम्रो अवसर हो,’ माल्दिभ्सका प्रशिक्षकले भने । त्यस्तै नेपालका बेलायती प्रशिक्षक ग्राहृम रोबर्टसले सेमिफाइनलसम्मको लक्ष्य राखेको उल्लेख गरे । ‘हामी अहिले सेमिफाइनलसम्म पुग्ने योजनामा छौं,’ रोबर्टसले भने । उनले नेपालले यस प्रतियोगिताबाट धेरै आशा राखेको पनि बताए । त्यस्तै प्यालेस्टाइनी प्रशिक्षकले केही महत्वपूर्ण व्यावसायिक खेलाडीको अनुपस्थितिमा आˆनो टोली सहभागी भइरहेको बताए । प्यालेस्टाइनका महत्वपूर्ण तीन खेलाडीले प्रतिबन्ध पनि भोगिरहेका छन् ।
बङ्गलादेशमा सन् २००६ मा  सम्पन्न पहिलो संस्करणमा ताजिकिस्तान विजेता र श्रीलङ्का उपविजेता बनेका थिए । दुई वर्षपछि सन् २००८ मा भारतमा भएको दोस्रो संस्करणमा घरेलु टोली विजेता र ताजिकिस्तान उपविजेता भएका थिए । पछिल्लोपटक अर्थात् सन् २०१० मा भएको संस्करणमा उत्तर कोरिया विजेता र तुर्कमेनिस्तान उपविजेता भएका थिए ।
दशरथ रङ्गशाला र हल्चोक मैदानमा सञ्चालन हुने प्रतियोगिताका खेलमध्ये आठ खेल ˆलडलाइटमा सञ्चालन हुनेछन् । दशरथ रङ्गशालामा सञ्चालन हुने समूहचरणका चार, सेमिफाइनल र फाइनल खेल ˆलडलाइटमा सञ्चालन हुनेछन् ।
बिहीबार सांझ ५ बजे दशरथ रङ्गशालामा नेपाल र प्यालेस्टाइनबीच उद्घाटन खेल हुनेछ । प्रतियोगिताको उद्घाटन विश्व फुटबल महासङ्घ -फिफा) अध्यक्ष सेप ब्लाटरले गर्नेछन् । उनका अतिरिक्त एएफसी कार्यवाहक अध्यक्ष झ्याङ जिलोङ र महासचिव एलेक्स सुसीको पनि त्यस अवसरमा उपस्थिति रहनेछ ।

प्रतिक्रिया