सिमेन्ट उद्योगमा आगलागी

दाङ, २४ फागुन । सोनापुर सिमेन्ट उद्योगमा आगलागी भएको छ । बुधबार दिउसो करिब १२ बजे आगो लागेपछि उद्योगमा तीन करोड रुपियााको क्षति भएको छ ।
प्रहरी, स्थानीयवासीका साथै घोराही र तुलसीपुर नगरपालिकाको दमकलको सहयोगमा तीन घन्टामा आगो नियन्त्रणमा लिइएको थियो । सोही कारण ठूलो क्षति हुनबाट जोगिएको उद्योगका निर्देशक बासु पाण्डेले बताए ।
उद्योग परिसरभित्र रहेको क्रेनको विद्युत्तार सट भएका कारण आगलागी भएको अनुमान गरिएको छ । ‘चालक क्रेन चालु अवस्थामा छाडेर खाना खान गएका बेला बिजुलीको तार सट भएर आगो लागेछ’, निर्देशक पाण्डेले भने । करिब सात करोड रुपियां बराबरको क्रेनको अगाडिको भाग जलेर पूर्ण रूपमा क्षति भएको छ । यसको मूल्य तीन करोड रुपियां रहेको निर्देशक पाण्डेले बताए । तत्काल उच्च तयारीका साथ आगो नियन्त्रणका लागि स्थानीयवासीको सहयोग जुटेका कारण आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक मदनकुमार थापाले बताए । ‘आगोलाई बेलैमा नियन्त्रणमा लिन सकेकाले उद्योमा धेरै क्षति हुन पाएन,’ उनले भने ।
बा १ क ४४३५ नम्बरको सो क्रेन जापनी कम्पनी ग्रोभको हो । क्रेनमा तार सर्ट भएरै आगलागी भएको सिमेन्ट उद्योगका प्रशासन प्रमुख धु्रव वली पनि बताउाछन् । उद्योगको सबैभन्दा ठूलो क्रेनमा आगलागी भएपछि काममा समस्या देखिएको छ ।
सिमेन्ट उत्पादनको अन्तिम चरणमा रहेको सो उद्योगले क्रेनमा आगलागी भएपछि केही दिन काममा समस्या आउने बताएको छ । करिब दुई अर्ब रुपियााको लगानीमा स्थापना गरिएको सो कम्पनी ८० बिघा क्षेत्रमा फैलिएको छ । कम्पनीमा दैनिक एक सय १५ कामदार दैनिक काम गर्छन् ।  कम्पनीले दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादनको लक्ष्य राखेको छ । कम्पनी फागुन मसान्तदेखि बजारमा सिमेन्ट आपूर्ति गर्ने सोचमा थियो ।

प्रतिक्रिया