लादेनको अन्त्येष्टिबारे विवाद

एजेन्सी

नयाँदिल्ली, २४ फागुन । चरमपन्थी सङ्गठन अलकायदाका नाइके ओसामा बिन लादेनको अन्त्येष्टि अरब सागरमा गरिएको जनाइएको थियो । गत वर्षको मेमा पाकिस्तानी सहर एबोट्टावादस्थित एक घरमा लुकेर बसेका लादेन अमेरिकी सेनाको विशेष टोलीले कारबाहीमा परी मारिएका थिए । लादेनका समर्थकले लादेनको समाधि भएको ठाउँलाई तीर्थस्थल नबनाऊन् भनेर अरब सागरमा उनको अन्त्येष्टि गरिएको जनाइएको थियो ।
तर, विकिलिक्सले लादेनको अन्त्येष्टि अरब सागरमा नभई अमेरिकी भूमिमा भएको हालै खुलासा गरेको छ । स्ट्रेटफोरको ह्याकर समूहले प्राप्त गरेको एउटा इमेलमा लादेनको अन्त्येष्टि अमेरिकामा भएको भनी लेखिएको विकिलिक्सले खुलासा गरेपछि यो विषय विवादमा परेको हो । यद्यपि पाकिस्तानी तथा अमेरिकी अधिकारीहरूले विकिलिक्सको खुलासाबारे अभैmसम्म कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया