मन्त्रीकै कारण राष्ट्रको बेइज्जत

पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको युएई प्रकरणले मुलुककै बेइज्जत भएको छ । सार्वभौम देशको बहालवाला मन्त्री बिनाभिसा विदेशी मुलुक पुग्नु र पक्राउ पर्नु राष्ट्रिय प्रतिष्ठामा ठूलो धक्का हो । भिसा नै नभएको रातो पासपोर्ट बोकेर विदेश भ्रमणमा निस्किएका मन्त्रीलाई दोषी ठहर गरेर मात्र अब उम्कने ठाउ छैन । अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीलाई लज्जित बनाउने मन्त्री, उनकै सचिवालयका कर्मचारी, त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीसमेतले राष्ट्रको बेइज्जत गरेका छन् । यी सबैलाई कानुनको
दायरामा ल्याउन छानबिन हुनुपर्छ । माफी दिएर घटनालाई
सामसुम पार्न हुदैन ।
मुलुक हाक्ने मन्त्री जर्मनीमा हुने एउटा कार्यक्रममा भाग लिन गएका हुन्, तीर्थयात्रामा होइन । पदीय हैसियतमा विदेश जाने एउटा भिआइपीको भिसा लगाउने काम परराष्ट्र मन्त्रालयसग समन्वय गरेर सम्बन्धित मन्त्रालयले गर्नुपर्छ । त्यसबाहेक मन्त्रीको सहयोगका लागि सरकारी खर्चमा निजी सचिवालय पनि खडा गरिएको हुन्छ । त्यहा मन्त्रीलाई सहयोग गर्न सक्ने व्यक्ति राख्ने प्रचलन छ । यी सबैका बावजुद एउटा मन्त्री भिसा बेगरको पासपोर्ट बोकेर भ्रमणमा जान्छन् विदेशमा पक्राउ पर्छन् भने त्योभन्दा नालायकी र लाजमर्दो के हुन्छ ? ती कर्मचारीको कामको मूल्याङ्कन कसरी गर्ने र भिसा नै नलगाई विदेश
हानिने मन्त्रीले मुलुकका लागि कस्तो काम गर्लान् ? जटिल प्रश्न उठेको छ ।
मन्त्री विष्टले संयुक्त अरब इमिरेट्सको इमिग्रेसनमा पक्राउ परेपछि मात्र आपूm विना भिसा विदेश आइपुगेको थाहा पाए । यो खबर विश्वभर फैलियो । यस्तो कार्यले दुनिया ह“सायो र राष्ट्रको गरिमामा आच पु¥यायो । परराष्ट्र मन्त्रालयले भिसा उपलब्धताका लागि दिएको नोटलाई नै भिसा ठान्ने मूर्खता मन्त्रीबाट मात्र होइन उनको निजी सचिवालयले समेत ग¥यो । यो घटना कुनै दृष्टिबाट क्षम्य देखि“दैन ।
त्रिभुवन विमानस्थल अध्यागमनले जोसुकै विदेश जादा पनि भिसामा अनिवार्य ‘डिपार्चर’ छाप लगाउनु पर्छ । तर, अध्यागमनले मन्त्री भन्नासाथ थर्कमान हुदै पासपोर्टमा भिसा लागे नलागेको हेर्ने हिम्मतसमेत गरेन । अर्कातिर मन्त्री भएकै कारण जतासुकै छुट पाउने परिपाटी नेपालमा मात्र चल्छ, विदेशमा होइन भन्ने हेक्का नराख्नेहरूले गर्दा यस्तो लज्जा बेहोर्नु परेको हो । कानुनी प्रावधान र प्रक्रिया पु¥याउने कार्यलाई लत्याउने परिपाटीका कारण यो दुःखद घटना आइलागेको हो । मन्त्री विष्ट त दोषी हुदै हुन्, अन्य दोषीलाई पनि छानबिन गरेर दण्डित गर्नुपर्छ । यसो गरिएमा मात्र भविष्यमा पुनः नेपालको बेइज्जत हुने कार्य रोकिनेछ ।
अबुधाबीमा मन्त्री विष्ट पक्राउ प्रकरणले गम्भीर सवालहरू उठेका छन् । यसले हाम्रा मन्त्रीको स्तर उजागर गरेको छ भने कर्मचारीको चाकरी प्रवृत्ति र कानुन मिचेर काम गर्ने शैलीको पनि पर्दाफास गरेको छ । राष्ट्रको बेइज्जत गर्दै नेपालीको नूर गिराउने कार्यमा सहयोग पु¥याउनेहरूमाथि हदैसम्मको कारबाही भएन भने फेरि अरु त्रुटि हुन सक्छन् । यिनै कर्मचारीको भर पर्दै जाने हो भने कुनै दिन नेपालका प्रधानमन्त्री अर्कै कुनै देशको इमिग्रेसनमा पक्राउ परेको खबर नआउला भन्न सकिन्न । तसर्थ यस घटनाबाट सबै क्षेत्रले पाठ सिक्नुपर्छ ।

प्रतिक्रिया