दुर्घटनामा गर्भवती महिला घाइते

दाङ, २४ फागुन । दाङको तुलसीपुरमा आज मोटर साइकलले ठक्कर दिदा १ जना गर्भवती महिला गम्भिर घाइते भएकी छन् ।
घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको रा १ प ८६४६ नम्वरको मोटरसाइकलले तुलसीपुर वडा नम्वर ६ हात्तिखौवामा ठक्करदिदाँ स्थानीय ३० वर्षीया गोमा चापागाँई गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चापागाँईको राप्ती लाइफकेयर अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचार गर्न नेपालगञ्ज पठाईएको छ । मोटरसाईकलमा सवार राजापुर निवासी सन्तोष नेपाली र रामसुनुवारको भने तुलसीपुरमा उपचार भइरहेको छ  । (सौस)

प्रतिक्रिया