नेपाल सेमिफाइनलमा असफल

काठमाडौं, २२ फागुन । आजभन्दा ठीक ६ वर्षअघि अर्थात् सन् २००६ मा पहिलोपटक एसियाली फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्जकप भएको थियो । बङ्गलादेशमा भएको उक्त संस्करणमा विनाछनोट सोझै फाइनलचरणको खेल सञ्चालन गरिएको थियो जसमा सहभागी थिए १६ टिम  ।
पहिलो संस्करणमा राम्रो नतिजा हात पार्ने नेपालको आदतले अन्य प्रतियोगितामा झैं यसमा पनि निरन्तरता पायो र सेमिफाइलनसम्म पुग्यो । उक्त प्रतियोगितामा नेपालसमेत भारत, चाइनिज ताइपे, फिलिपिन्स, अफगानिस्तान, प्यालेस्टाइन, बङ्गलादेश, कम्बोडिया, गुआम, किर्गिजिस्तान, ताजिकिस्तान, पाकिस्तान, भुटान, श्रीलङ्का, ब्रुनाई दारेस्लम र मकाउ थिए ।
लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा नेपाल पहिलोचरणमा समूहको उपविजेता भएको थियो । समूह ‘ए’मा परेको नेपालले भुटानलाई हराएको थियो भने श्रीलङ्कासाग बराबरी खेलेको थियो । ब्रुनाई दारेस्लमसाग भने नेपालले हार व्यहोर्नुपरेको  थियो । ब्रुनाई र नेपालको समान चार अङ्क भए पनि गोलअन्तरको आधारमा नेपालको यात्रा अगाडि बढेको थियो ।
नकआउट चरण अर्थात् क्वार्टरफाइनलमा नेपालको पहिलो भेट थियो भारतसाग । त्यसबेला चट्गाउामा भारतविरुद्ध उत्रिएको नेपाल ३-० ले विजयी भएको थियो । प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गरेका थिए ।
सेमिफाइनलमा नेपालको भेट थियो श्रीलङ्कासाग । निर्धारित र अतिरिक्त समयमा बराबरीमा रोके पनि नेपाल टाइब्रेकरमा ५-३ ले पराजित भयो । टाइब्रेकरमा नेपालका दुई प्रहार गोलमा परिणत हुन सकेनन् । त्यसअघिको खेल १-१ को बराबरीमा सकिएको थियो ।
६५ अै मिनेटमा अग्रता लिएको श्रीलङ्काविरुद्ध ८२ औं मिनेटमा वसन्त थापाले गोल गरी खेललाई बराबरीमा ल्याइपुर्‍याएका थिए । निर्धारित समयमा  प्राप्त पेनाल्टी अवसरमा प्रदीप महर्जन चुक्न पुगेका थिए । त्यसअघिका खेलमा सानदार प्रदर्शन गरेका प्रदीप टाइब्रेकरमा पनि गोल गर्न सफल भएनन् । ‘त्यतिबेला हाम्रो टिम सन्तुलित थियो,’ नेपालका प्रभावशाली स्ट्राइकर हरि खड्का आˆनो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिताबारे सम्झन्छन्, ‘खेलाडीमा टिमवर्कको भावना थियो । हरेकले सक्दो मेहनत गरेका थिए ।’ यद्यपि खड्का सबै खेलमा बेन्चमा बस्नुपरेको थियो ।
नकआउट चरणमा विकास मल्ल, अञ्जन केसी, लोकबन्धु गुरुङ, सुरेन्द्र तामाङ, राजु तामाङ, बिसाद गौचन, टासिछिरिङ, प्रदीप महर्जन, सागर थापा, वसन्त थापा र विजय गुरुङ पहिलो ११ सदस्यीय टोलीमा थिए । हरि खड्का, जुमानु राई, सुमन सुवेदी, नवीन न्यौपाने, राजेश खड्गी, रमेश बुढाथोकी, रितेश थापा, रामकुमार विश्वास र सुरेन्द्रकुमार श्रेष्ठ पनि नेपाली टिममा थिए । समूहचरणमा भने खेलाडी फेरबदल भएका थिए । श्याम थापाको प्रशिक्षणमा नेपाल उक्त प्रतियोगितामा सहभागी थियो ।

प्रतिक्रिया