भ्यागुता नमास्न आग्रह

सोलः ‘भ्यागुताको सुप खांदा तागत बढ्छ’ भन्ने अभिव्यक्तिले भ्यागुताको अस्तित्वलाई नै सङ्कटमा पार्दै लगेको दक्षिण कोरियास्थित एक वातावरणवादी समूहले जनाएको छ । सो समूहले बेलायती फुटबल क्लब म्यानचेस्टर युनाइटेडका कोरियाली मिडफिल्डर पार्क जी सुङलाई त्यसको आफैले खन्डन गर्न आग्रह पनि गरेको छ । जल र जमिन दुवै ठाउामा बस्ने यस उभयचर प्राणीको उपभोगविरुद्धको अभियानमा सामेल हुन अनुरोध गर्दै ‘भ्यागुताको साथी’ नामक उक्त समूहले दक्षिण कोरियाली फुटबलका आदर्श पार्कलाई सो अनुरोध गरेको हो ।
‘मलाई थाहा छैन, पार्कले तागत -स्टामिना) पाउनुमा भ्यागुताको जुस प्रमुख कारण थियो वा थिएन तर उनले भ्यागुता खाएको उजागर गरेपछि हिमालय क्षेत्रमा यस प्राणीमाथि सङ्कट बढ्न थालेको छ ।’ भ्यागुता बचाउ अभियानका एक सदस्य पार्क वान-हीको भनाइ उद्धृत गर्दै समाचार संस्था योन्हापले उल्लेख गरेको छ, ‘हामी पार्कलाई अनुरोध गछौर्ं, भ्यागुता खांदा शरीरलाई राम्रो हुन्छ भन्ने आम मानिसमा रहेको गलत धारणा हटाउन उनले पहल गर्नुपर्छ ।’
यसअघि सन् २००६ मा प्रकाशित पार्कको आत्मसंस्मरणमा उनले शरीर बनाउन भ्यागुतालाई उमालेर त्यसको जुस खाने गरेको उल्लेख थियो । स्टामिना बढाउनका लागि आˆना बुबाले भ्यागुताको जुस खुवाउने गरेको पार्कले आत्मसंस्मरणमार्फत खुलासा गरेका थिए । त्यसपछि मानिसले खोजी-खोजी भ्यागुता मार्न थालेपछि उक्त जीवमाथि सङ्कट देखिन थालेको छ । सन् २००७ मा स्थापना भएको ‘भ्यागुताको साथी’ले यस उभयचर प्राणीको उपभोगविरुद्ध अभियान नै चलाउादै आएको छ । -एजेन्सी)

प्रतिक्रिया