विदेशी कलाकारलाई लुम्बिनी घुमाइने

काठमाडौः  यही फागुन २७ देखि आगामी चैत ५ सम्म नेपालमा हुने छैटौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला-२०६८ का विदेशी सहभागीलाई लुम्बिनी भ्रमण पनि गराइने भएको छ ।
आयोजक एभरेस्ट नेपाल कल्चर ग्रुपले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मूल नाराका साथ हुने सो मेलाको उद्देश्य  युवा पुस्तालाई मौलिक संस्कृतिबारे सजग गराउने र नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने रहेको ग्रुपका संयोजक रामचन्द्र कोइरालाले बताए ।
महोत्सव काठमाडैा, बुटवल, घोराही र पोखरा गरी चार नगरमा सञ्चालन हुनेछ । लुम्बिनी भ्रमण वर्ष २०१२ साग समन्वय गरी महोत्सवकै अवसरमा सम्पूर्ण विदेशी कलाकारलाई लुम्बिनी भ्रमण गराइने निर्णय भएको आयोजकले जनाएको छ । महोत्सवमा गि्रस, पोल्यान्ड, फिनल्यान्ड, घाना, इटाली, श्रीलङ्का, भारत, मेक्सिको, इस्टोनिया, लिथुआनिया, टोगो , बङ्गलादेश र नेपालसहित विश्वका १३ भन्दा बढी राष्ट्रका ३५ भन्दा बढी सांस्कृतिक समूहले आआˆनो संस्कृति झल्कने वेशभूषा एवम् प्रस्तुति पस्कने बताइएको छ ।

प्रतिक्रिया