अमेरिकामा डम्फु सांझ

न्यूयोर्कः तामाङ सोसाइटी अफ अमेरिकाले आइतबार न्युयोर्कमा डम्फु सांझ २०१२  आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नेपाल (नेफिन) का महासचिव आङकाजी शेर्पाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
नेफिन महासचिव शेर्पाले विदेशमा रहेका तामाङ समुदायले विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए भने आयोजक संस्थाका उपाध्यक्ष सांगे रुम्बाले २०४५ सालदेखि काठमाडौकेा प्रज्ञा भवनबाट सुरू भएको डम्फु सांझलाई अहिले सबै ठाउाका तामाङ समुदायले भव्य रूपमा निरन्तरता दिादै आएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार सन्तोष लामा
(कनेक्टिकट)लाई तामाङ सोसाइटी अफ अमेरिका प्रेसिडेन्ट अवार्ड २०१२ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा न्युयोर्क र आसपासका कनेक्टिकट, न्यु जर्सी, बोस्टन, भर्जिनिया, पेन्सल्भेनिया र वासिङ्टनबाट समेत तामाङ समुदायको उलेख्य सहभागिता रहेको बताइएको छ । करिब २० तामाङ कलाकारले विभिन्न सेलो नृत्य प्रस्तुत गरेका थिए । -सौस)

प्रतिक्रिया