एसियन लाइफको कारोबार फुकुवा

काठमाडौँ, २२ फागुन । बीमा समितिले एसियन लाइफ इन्सोरेन्स कम्पनीमाथि बिमा व्यवसाय गर्न लगाइएको पूर्ण रोक आजदेखि फुकुवा गरेको छ ।

समितिले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थाहरूमा रहेको एसियन लाइफ इन्सोरेन्सको खाता सञ्चालनमा लगाइएको रोक फुकुवा गर्नुका साथै धितोपत्र कारोबारमा लगाइएको रोक समेत फुकुवा गरेको छ ।

बीमा ऐन विपरीत नगद लाभांश वितरण गरी एसियन लाइफको कारोबारमा पूर्ण रोक लाग्ने अवस्था सिर्जना गरी बीमक तथा बीमितलाई अहित हुने कार्र्यका प्रमुख जिम्मेवार एसियन लाइफका तत्कालीन प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईलाई रु १० हजार जरिवाना गरिएको बीमा समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बीमा समितिको कारबाही पश्चात् एसियन लाइफले समितिद्वारा निर्देशन पालना गरेको, सेयरधनीलाई वितरण गरिएको सम्पूर्ण नगद लाभांश रकम फिर्ता गरेको तथा बीमक एसियन लाइफबाट प्राप्त निवेदन सन्तोषजनक रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया