होलीपर्वमा जथाभावी गरे कारबाही गर्ने

काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले रङ्गको पवित्र पर्व होलीको अवसरमा अभद्र व्यवहार प्रदर्शन गर्ने कार्य भए कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
होली पर्वका अवसरमा जथाभावी रङ्ग दल्ने, महिला तथा केटाकेटीलाई लक्षित गरी फोहर पानीका लोला हान्ने, कसैका इच्छा विपरीत जबर्जस्ती अबिर तथा रङ्ग लगाउनेजस्ता कार्यहरू गर्ने गराउने काम कसैले पनि नगर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले कसैको इच्छाविपरीत रङ्ग, लोला प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

प्रतिक्रिया