खसक्षेत्री समाजद्धारा वार्ता टोलीको घोषणा

काठमाडौ, २२ फागुन । जातीय पहिचान र पूर्ण समावेशीकरणका लागि लामो समयदेखि आन्दोलन गर्दै अएको खस क्षेत्री एकता समाज आदिबासी जनजातीले सरकारसँग वार्ता गर्न सात सदस्यीय बार्ता टोलीको घोषणा गरेको छ ।
अध्यक्ष यूवराज कार्कीको संयोजकत्वमा गठित वार्ता टोलीमा लक्ष्मण बस्नेत, यादवकुमार केसी, भीमबहादुर थापा, रणबहादुर भण्डारी, रामबहादुर थापा र लिलाबहादुर बस्नेत सदस्य रहेका छन् । समाजले आज राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारसँग वार्ता गर्न बार्ता टोली सार्वजनिक गरेको हो ।
समाजले बार्ताका लागि खस क्षेत्रीलाई आदिवासी जनजातीको सूचिमा सूचिकृत गर्नु पर्ने, आरक्षणको ब्यवस्थ गर्नु पर्ने लगायतका ९ बुँदे माग अगाडि सारेको छ ।

प्रतिक्रिया