प्रतिनिधि परिषद बैठकमा अध्यक्षको प्रतिवेदन पेश

काठमाडौं, २२ फागुन । एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रज्ञा भवनमा जारी बैठकको बन्द सत्रमा अध्यक्ष खनालले ७४ पेज लामो प्रतिवेदन पेश गर्नु भएको एमालेले जनाएको छ । यस अघि खनालले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमा केही पेज छुटेको र मिलाउनु पर्ने भएपछि बन्दसत्र निर्धारित समय भन्दा केही ढिला गरेर सुरु भएको थियो ।

बेलुका प्रज्ञा भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतिवेदनका केही पेज छुटेकाले बैठकको बन्दसत्र सुरु हुन ढिला भएको एमालेले स्पष्ट पारेको छ ।
बैठकमा झण्डै एक हजार प्रतिनिधिहरुको सहभागिता रहेको छ । महासचिव ईश्वर पोखरेलले पनि आफ्नो सांगठनीक प्रतिवेदन पेश गर्नुभएको छ । पेश भएका प्रतिवेदनहरुमा समूह बनाई छलफल हुने छ ।

यसैवीच, एमालेले बैठक व्यवस्थित बनाउन पुनः तीन वटा कमिटी बनाएको छ । तीन वटा कमिटीमा माईन्यूट कमिटी, बहस नोट कमिटी र प्रस्ताव मस्यौदा कमिटी रहेका छन् ।

 

 

प्रतिक्रिया