छोटो बाटोबाट संविधान जारी गरौः नेम्वाङ

काठमाडौं, २२ फागुन । सभामुख सुवास नेम्वाङले प्रकृया छोटट्याएर जादा नयाँ संविधान जेठ १४ मा जारी गर्न सकिने बताएका छन् ।
सिहदरवारमा आज मौलिक अधिकार समितिमामा भएको छलफलका क्रममा सभामुख नेम्वाङले दलहरुबीच असहमति बढेका कारण संविधान निर्माण केही अप्ठेरो महशुस भएको बताए । उनले जनतासँग गरेको प्रतिबद्धतालाई ख्याल गरेर काम गर्ने हो भने संविधान निर्माणको आधार बनिसकेको दावी गरे । संविधान जारी गर्ने समय नजिकीदै गर्दा र दलहरुले कार्यतालिका पटक पटक सारिरहे पछि नेम्वाङले प्रक्रिया छोटट्याएर जान प्रस्ताव गरेका छन् ।
उनले सभासदले गर्नुपर्ने काम सकिएको भन्दै राज्य पुनसंरचना शाशकीय स्वरुप, निर्वाचन प्रणाली नागरिकता सम्बन्धी केही बिषयमा बाहेका सबै बिषयमा सहमति भईसकेको बताए । उनले भने, ‘सभासदले आफ्ना काम सकेका छन्, अबको जिम्वारी दल र नेताको हो, त्यो काम गर्न बाँकी छ ।’
नेम्वाङले दलहरु एकताबद्ध हुनु अहिलेको आवशयक्ता रहेको भन्दै मुल अभीयान शान्ति र संविधानमा ध्यान दिन आग्रह गरे । उनले जनताले नै संविधान निर्माण गर्ने बिषय खर्चिलो भएपनि सजिलो रहेको दाबीपनि गरेका छन् । यस प्रक्रियामा जनताको स्वामित्व रहने भएकाले संविधान सभाबाट संविधान बनाउने बाटो अपनाएको नेम्वाङको भनाई थियो ।
दलहरुका बीच अविश्वास रहेको बताएका उनले सहमतिमा आउन प्रमुख दलहरुलाई सुझाव दिए । उनले संविधान बनाउन दलहरुलाई सकारात्मक दबावको आवश्यक्ता रहेको पनि बताएका छन् ।
सभामुख नेम्वाङले शान्ति प्रकृयाका टुङगो लगाउन बाँकी काम चाडो लगाएर जानतालाई दिएको बाचा पुरा गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया