काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
सभामुख घिमिरेले भने, ‘संघीय निजामती सेवा विधेयक, २०८२ आज प्रतिनिधि सभाबाट पारित भएको छ, संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा लिएको छु ।’ विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए ।
प्रतिक्रिया