राष्ट्रियले फेर्न नसकेको खेलकुदको असन्तुलित ढाँचा

काठमाडौं, २१ फागुन । पौडीमा मध्यमाञ्चलले अधिकांश -२६) स्वर्ण हात पार्‍यो । एथलेटिक्समा विभागीय टोली सशस्त्र प्रहरी बल -एपिएफ) र नेपाल पुलिस क्लबको वर्चस्व रह्यो । ब्याडमिन्टन, क्रिकेट, टेबलटेनिसलगायतका खेलमा पनि विभागीय टोली नै हावी भए । लनटेनिसमा मध्यमाञ्चलको वर्चस्व रह्यो । मार्सलआर्ट्सका खेलमा पनि विभागीय टोली र मध्यमाञ्चल नै अगाडि देखिए  ।
यो हो छैटैा राष्ट्रिय खेलकुद प्रतियोगितामा देखिएको नतिजाको सार । हुन त यो पूर्वअनुमानकै नतिजा हो । यसमा केही तलमाथि भएको छ भने यी नै टोलीभित्र भएको छ । जिल्ला र क्षेत्रीय आधारमा सञ्चालन हुने राष्ट्रिय खेलकुदमा यस नतिजाले डरलाग्दो तथ्याङ्क र स्थितिलाई पुनः एकपटक उजागर गरेको छ ।  केही खेलमा देखिएको अपवादलाई छाड्ने हो भने अन्य विकास क्षेत्रको खेलकुद कहां रहेछ भन्ने यस नतिजाबाट वुझ्न सकिन्छ ।
सेवा र सुविधाको केन्द्रीकरण र खेल गतिविधिको असरका रूपमा यसलाई हेर्न सकिन्छ । वर्षमा एक/दुईपटक हुने प्रतियोगिताको सहभागिताका आधारमा मोफसलका खेलाडीको तयारी हुने गर्दछ । उनीहरू सुविधाबाट वञ्चित हुन्छन् ।
सुटिङका नम्बर एक खेलाडी टीकाराम श्रेष्ठ पौडीमा शैलेश राणाले १० स्वर्ण जित्नुलाई त्यति अस्वाभाविक मान्दैनन् । ‘यो खेलकुदको पूर्वाधार काठमाडौंमा मात्र सीमित र समग्रमा एकै ठाउा मात्र केन्दि्रत हुनुको नतिजा हो ।’ पूर्वाञ्चलका यी खेलाडीले आक्रोस पोखे, ‘काठमाडौंबाहिर पौडीपोखरी नै छैनन्  त यहांकाले नजिते कसले जित्छ ?’ मोफसलमा वीरगन्जमा मात्र पौडीपोखरी भए पनि त्यो त्यति सार्वजनिक प्रयोगमा छैन ।
एथलेटिक्सको स्वर्णपदक नेपाल प्रहरी र एपिएफले आपसमा बााडे । लनटेनिसमा पुरुष एकलबाहेक बाकी सबैमा मध्यमाञ्चलले स्वर्ण हात पार्‍यो । पुरुष एकलतर्फ एपिएफले स्वर्ण जितेको थियो । ब्याडमिन्टनमा पुरुष एकलबाहेकका सबै स्पर्धामा एपिएफले स्वर्ण हात पार्‍यो । यसमा पुरुष एकलतर्फको उपाधि भने नेपाल पुलिसले जित्यो । क्रिकेटमा दुवैतर्फ एपिएफ च्याम्पियन भयो । कबड्डीमा महिलातर्फ मध्यमाञ्चल र पुरुषतर्फ नेपाल पुलिस च्याम्पियन बने । बक्सिङमा एपिएफ हावी भयो ।
जति खेलमा अन्य विकास क्षेत्र कमजोर देखिएका छन्, ती खेलका पूर्वाधारमा पनि ती क्षेत्र पछि नै छन् । विभागीय टोलीलाई छोड्ने हो भने प्रतियोगिताको समाप्तिमा शीर्षस्थानको मध्यमाञ्चल र उसको नजिकको अर्को विकास क्षेत्र पश्चिमाञ्चलबीचको फरक करिब एक सय स्वर्णको रह्यो ।
जिल्लामा पूर्वाधारको अभाव भएकै कारण कतिपय खेल  काठमाडौंमा सञ्चालन गर्नुपरेको थियो । यसमा सुटिङ, लनटेनिस, बिलियर्डस, स्क्वासलगायतका खेल थिए । त्यस्तै वीरगन्जमा पौडी, पोखरामा गोल्फ र काभ्रेमा साइक्लिङका प्रतियोगिता सञ्चालन गर्नुपरेको थियो ।

ढले यी खेलाडी
निर्जला ताम्राकारले छैटांै राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पार्दा उनको पदकलाई स्वाभाविक मानिएको थियो । लामो समयदेखि नेपाली महिला साइक्लिङमा जमेकी ललितपुरकी यी ३२ वषर्ीया खेलाडीले स्वर्ण जित्को घटनाभन्दा प्रतियोगिताको पहिलो स्वर्ण भएको विषय प्रमुख भएर आयो ।
त्यसो त निर्जलाले कतिपय खेलाडीको अनुमानबमोजिम नै पदक हासिल गरिन् । तर, राष्ट्रिय प्रतियोगितामा अनेक परिणाम भने नसोचिएका नतिजाको रूपमा पनि देखिए । जुडोकी देबु थापा, उसुका राजकुमार रसाइली, एथलेटिक्सकी चन्द्रकला थापा, ब्याडमिन्टनकी पूजा श्रेष्ठ, टेबलटेनिसका अजय सुवाल, बक्सिङका सुशील घले भने स्वर्ण जित्न असफल रहे ।
लगातार १० पटक राष्ट्रिय च्याम्पियन बनेकी जुडोकी देबु छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निराश हुनुपर्‍यो । पदकविहीन नबन्नु परे पनि उपाधि रक्षा गर्ने उनको अभियानमा सुनिता थापा बाधक बनिन् । बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद -साग) को सन्दर्भमा लिˆट दुर्घटनामा पर्नुका बाबजुद कांस्यपदक जितेकी देबुले नेपालमा पहिलोपटक हार व्यहोर्नुपरेको थियो । आˆनो तौलसमूहमा विसं २०५२ पछि देबु निर्विकल्पजस्तै थिइन् ।
त्यस्तै महिला ब्याडमिन्टनमा कीर्तिमानी पााचपटककी राष्ट्रिय च्याम्पियन पूजा, नङसलादेवी तामाङबाट निराश हुनुपर्‍यो । स्वर्णकी प्रत्यासी सरादेवी तामाङ सहभागी नभएपछि पूजालाई न्ौ बलियो विकल्पको रूपमा हेरिएको थियो । गत राष्ट्रिय च्याम्पियनसिपमा नङसलालाई सहजै पराजित गरी पूजाले कीर्तिमान बनाएकी थिइन् । त्यतिबेला पनि सरादेवीको सहभागिता थिएन । निराश भएका प्रभावशाली खेलाडीको सूचीमा उसुका रसाइली पनि रहे । १० अै सागका स्वर्णपदक विजेता उनलाई पिएलएका राजकुमार राईले फाइनलमा हराएका थिए । त्यस्तै बक्सिङमा १० औं सागका रजतपदक विजेता सुशील नेपाल पुलिसका भूपेन्द्र थापासाग स्तब्ध भएका हुन् ।
टेबलटेनिसका लिगविजेता अजय यसपटक पूरै ओझेलमा परे । उनले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । दीपेन साउनले स्वर्ण जितेका थिए । त्यस्तै मध्यम दूरीकी प्रभावशाली खेलाडी चन्द्रकलाले पनि यसपटकको राष्ट्रिय खेलकुदमा निराशाबाहेक केही हासिल गर्न सकिनन् । चोटका कारण मध्यम दूरीकै अर्की खेलाडी कान्छीमाया कोजुका लागि पनि यो खेलकुद बिर्सनलायक रह्यो ।
नेपाली सेनाले सिङ्गो प्रतियोगितामा सहभागिता नै नगरेको हुादा राजेन्द्र भण्डारी, कमल अधिकारी, सरादेवीसमेतका बहुचर्चित खेलाडी अनि आसन्न एएफसी च्यालेन्जकपले गर्दा राष्ट्रिय टोलीमा परेका तमाम राष्ट्रिय फुटबल खेलाडीका लागि छैटौं राष्ट्रिय खेलकुद विशेष महत्वको रहन सकेन ।

प्रतिक्रिया