तराईमा होलीलाई दुई दिन

जनकपुरधाम, २१ फाल्गुन । होली नजिकदै जाँदा तराइमा पनि होलीको चहलपहल सुरु भएको छ । यसपाली तराइमा दुई दिन होली मनाइने भएको छ ।
तराइमा होली जानकी जीको डोला जनकपुरको परिक्रमा गरेपछि मनाइन्छ । जानकी जीको डोला बुधबार राती जनकपुरमा विश्राम गरि विहीबार विहान मात्रै नगर परिक्रमा गर्ने कार्यक्रम छ । सोहि अनुसार जनकपुरका बासिन्दाहरु विहीबार र शुक्रबार गरि दुई  होली मनाउन लागेका हुन् ।

होली नजिकदै जाँदा मानिसहरुमा डर र त्रास पनि देखिन थालेको छ । होलीको आडमा हुने उच्छृंखल क्रियाकलाप र आपराधिक घटनाले मानिसहरुलाई त्रसित बनाएको छ । यसरी होलीको आडमा हुने अपराधिक क्रियाकलापलाई रोक्न प्रशासन सचेत एवं क्रियाशिल भएको छ । होली जस्तो रंगिबिरंगी पर्वमा हुने हिंसात्मक अपराधका घटनालाई नियन्त्रण गर्नका जिल्ला प्रहरी कार्यलय धनुषाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रहरी निरिक्षक मछिन्द्रबाबु जोसीका अनुसार मादक पर्दाथ सेवन गर्ने, झै भगडा गर्ने, मोबील फाल्ने, बस माथी बसेर जथाभावी गर्ने, लोला फाल्ने, मोटरसाइकलमा ओभर लोड गरी जथाभावी हिड्ने जस्ता व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने छ ।

प्रतिक्रिया