मुलुकको सुरक्षा नीतिमा छलफल

काठमाडौं, २१ फागुन । राष्ट्रिय सुरक्षापरिषले मुलुकको सुरक्षा सम्बन्धी अवधारणका बिषयमा विज्ञहरुसँग छलफल गरेर संविधानसभालाई सुझाव उपलब्ध गराउने भएको छ ।
सुरक्षापरिषदको लामो समय पछि आज सिंहदरबारमा बसेको बैठकले नयाँ विधानमा राख्ने राष्ट्रिय सुरक्षा नीति सम्बन्धी बिषयलाई छलफल र परामर्श गरेर सुझाव उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ ।
अघिल्ला सरकारले तयार पारेका सुरक्षा सम्बन्धी नीतिमा समेत छलफल गरेर सुझाव तयार पारिने छ । सुरक्षा नीतिका बिषयमा यस अघिका सरकारले पनि समय समयमा छलफल गर्दै आएका छन् ।
बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बिषयमा समेत छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया