‘म तिम्रो भइसके’ कतारमा

काठमाडौँ, मोफसलका हलमा प्रदर्शनपछि उपत्यकामा आउने तयारीमा रहेको चलचित्र म तिम्रो भइसकँ कतारको दोहामा विशेष प्रदर्शन गरिएको छ ।
दोहास्थित गल्फ सिनेमा भवनमा शुक्रबार भएको प्रदर्शनमा नायक जीवन लुइँटेलले दर्शकसँगै बसेर सिनेमा हेरेका थिए । ‘यहाँ आएर थाहा पाएँ, विदेशमा रहेका नेपालीले स्वदेशी चलचित्रलाई निकै माया गर्दा रहेछन्,’ उनले भने । नेपाल इभेन्टको आयोजनामा प्रदर्शित चलचित्र नेपालीबाहेक स्थानीय नागरिकले पनि हेरेको जानकारी निर्माणपक्षले गरेको छ । विदेशी दर्शकलाई लक्ष्य गरी चलचित्रको सबटाइटलसमेत गरिएको छ । केही समयपहिले अस्टे«लिया र अमेरिकामा पनि विशेष प्रदर्शन गरिएको यो चलचित्र रमेशजङ्ग रायमाझीले निर्माण गरेका हुन् । (सौस)

प्रतिक्रिया