‘सहायक रथी माओवादीको लाईन होइन’

काठमाडौ, २० फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजनमा ब्रिगेडियर जनरल पाउनु पर्ने विषय माओवादीको बटम लाईन नभएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझेपछि पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीले सेना समायोजन सात बुँदे सहमति अनुसार आगडि बढाउन आफूहरु तयार रहेको बताए । उनले भने, ‘आंशिक सत्यलाई बढाई चढाई दर्जाको कुरालाई प्रस्तुत गर्ने काम भएको छ, विग्रेडियर जनरल हाम्रो बटम लाईन होईन ।’
प्रधानमन्त्री भट्टराईले समायोनको विषयमा एक दुई वटा प्राविधिक कुरा मिल्ने वित्तिकै शान्ति प्रक्रिया टुङगिने ठोकुवा गरे ।
सहमतिको सरकार  नबने सहमति कार्यान्वयन र शान्ति संविधान निर्माणको कार्य अल्मिलिने भन्दै उनले सक्रमणकाल भरी सहमतिको सरकार हुनै पर्नेमा जोड दिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण गर्न लागेको भनि राखेको पत्रकारको जिज्ञासामा भट्टराईले भारत भ्रमणको समय तय भईनसकेको जानकारी दिए । उनले राजनीतिज्ञहरुको विदेश भ्रमणले सम्बन्धलाई अझै मजबुद बनाउने बताए ।

प्रतिक्रिया