फोरमका नेता अबैध असुलीमा

बुटवल, २० फागुन । विभिन्न व्यक्तिहरुसंग जर्वजस्ती रकम असुल गरेको अभियोगमा मधेश तराई फोरम नवलपरासीका जिल्ला उपाध्यक्ष शैलेन्द्र गुप्तालाई पार्टीले कारबाही गरेको छ ।
अबैध असुलीमा संलग्न रहेको भन्दै उक्त पार्टीले साधरण सदस्य नरहने गरी गुप्तालाई कारबाहि गरेको जनाएको छ । गुप्ताले जिल्लाका सरकारी कार्यालयदेखि निर्माण व्यवसायी र व्यापारीहरुसंग जर्वजस्ती रकम असुल गरेको गुनासो आएपछि त्यस्तो कारबाही गरिएको उपाध्यक्ष दिपचन्द्र कौशलले बताएका छन् । गुप्तालाई साधरण सदस्य पदवाट समेत निश्कासन गरिने उपाध्यक्ष कौशलले बताए ।
जर्वजस्ती रकम असुल गरेको जानकारी आएपछि गुप्तालाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको थियो । प्रहरीले पार्टीको रोहवरमा आइन्दा चन्दा असुल नगर्ने शर्तमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । पार्टीको कार्यक्रम छ भन्दै गुप्ताले विभिन्न व्यक्तिहरुसंग आफुखुसी रकम असुल गर्दै आएका थिए ।

प्रतिक्रिया