गच्छेदारलाई केही पद छाड्न दबाव

काठमाडौं, २० फागुन । सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले पार्टी र सरकारमा पाँच महत्वपूर्ण पद एक्लै ओटगरेर बसेपछि पार्टी भित्रै चर्को असन्तुष्टि खेप्नु परेको छ ।
महत्वपूर्ण मध्य केही पद छाड्न दबाव दिदै आफ्नै सभासदले हस्ताक्षर अभियान समेत चलाएका छन् । फोरम लोकतान्त्रिकका सभासद प्रमोद गुप्ताले अध्यक्ष गच्छेदारलाई केही महत्व पूर्ण छाड्न दबाव दिदै पत्रमा हस्ताक्षर गराउदै हिडेका छन् । गच्छेदारलाई दबाव दिन फोरम लोकतान्त्रिकका १८ सभासदले बिरोध पत्रमा हस्ताक्षर गरिसकेका छन ।
मुलुक टुक्राउने बिवादास्पद अभिब्यक्ति पछि रक्षामन्त्रीबाट हटेका फोरम लोकतान्त्रिका नेता शरतसिंह भण्डारीले अध्यक्ष गच्छेदारको कार्यशैलीको कडा ओलोचना गरेका छन् । सबै पद ओगटेर बसेकोमा आसन्तुष्टि जनाएका भण्डारीले अन्य साथीलाई पनि मौका दिन आग्रह गरेका छन् ।
सौर्य दैनिकसँगको कुराकानीमा उनले केही महत्व पूर्ण पदको जिम्मेवारी अन्य साथीहरुलाई दिनुपर्ने बताए । उनले भने, ‘पार्टी सामूहिक नेतृत्वमा चल्नु पर्छ, सबै पद एउटै ब्यक्तिले ओगटेर बस्नु राम्रो होइन ।’
फोरम गणतान्त्रिकका अध्यक्ष गच्छेदारले संसदीय दलको नेता, उप्रधानमन्त्री, गृहमन्त्री र रक्षा मन्त्रीको जिम्मेवारी आफैले लिएका छन् । उनले ति महत्वपूर्ण पदको जिम्मेवारी बाँडफाँड गर्न नमाने पछि पार्टी भित्र गच्छेदारको बिरोध सुरु भएको हो ।
महत्वपूर्ण मध्यका केही पद छाड्न दबाव दिदै भोलि आईतबार अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री गच्छेदारलाई बिरोध पत्र बुझाउने अन्तिम तयारी भएको छ । दबाव स्वस्प बुझाउन लागेको बिरोध पत्रका बावजुदपनि गच्छेदारले माग कार्यान्वयनमा चासो नदेखाए कडा कदम चाल्न बाध्य हुने नेता भण्डारीले चेतावनी दिए ।

प्रतिक्रिया