यी तिम्ल्याहा !

लन्डन, १९ फागुन । तिम्ल्याहा दिदीबहिनीको जिउडाल र अनुहार मात्रै होइन, कतिपय स्वभाव पनि समान हुन्छन् । तर, उनीहरूको उमेरमै वर्षौंको भिन्नता रहेको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । बेलायतको मेल्कसाम सहरमा यस्तै अपत्यारिलो घटना घटेको छ ।
मेल्कसाम सहरका एउटा दम्पतीको तिम्ल्याहा छोरीको उमेरमा चार वर्षको फरक रहेको सार्वजनिक भएपछि यसले धेरैलाई चकित बनाएको छ । पहिलो सन्तान जन्मिएको करिब चार वर्षपछि मात्रै बााकी दुईजनाको जन्म भएको हो ।  चार वर्ष लगाएर तिम्ल्याहा छोरी पाउने युवती हुन्- नडाइन कोपर । तर, परम्परागत रूपमा नभई कृत्रिम गर्भधारणमार्फत उनले तिम्ल्याहा छोरी जन्माएकी हुन् । तिम्ल्याहामध्ये एकको सन् २००८ मा जन्म भएको थियो । बांकी दुईजना गत महिना जन्मिएका थिए । तिम्ल्याहा छोरीको उमेरमा वषार्ंैको फरक भए पनि छोरीहरूमाझ थुप्रै समानता छ जस्तो आफूलाई लागेको उनी सुनाउाछिन् । ‘कृत्रिम गर्भधारणबाट सन्तान पाउाछुजस्तो लागेकै थिएन । यसरी तीनजना छोरी हुन्छन् भन्ने त झन कसले सोचेको थियो र ?’ उनी भन्छिन् ।
मार्टिन कोपरसाग सन् २००५ मा विवाह गरेकी नडाइन विवाह भएको महिनौ बितिसक्दा पनि गर्भवती बन्न सकिनन् । डाक्टरसाग सम्पर्क गर्दा श्रीमान्-श्रीमती दुवैको प्रजनन् प्रणालीमा समस्या रहेको पाइयो । त्यसपछि उनीहरूले कृत्रिम गर्भधारण गरी सन्तान जन्माउने निधो गरे । डाक्टरले उनीहरूका लागि ६ वटा भ्रूण तयार पारिदिए ।  त्यसमध्ये एउटालाई परीक्षणका लागि तत्कालै प्रजनन् प्रक्रियाअन्तर्गत लगियो । बााकीलाई पि|mजमा राखियो । परीक्षण गर्भ नै सफल भएपछि सन् २००८ को मेमा नडाइनले छोरीलाई जन्म दिइन् ।
यो वर्ष उनीहरूले थप सन्तान पाउने विषयमा विमर्श गरे । फजमा राखिएका भ्रूणलाई प्रजनन् प्रक्रियामा लगेर थप सन्तान पाउने निधोमा उनीहरू पुगे । उनीहरूको इच्छाअनुसार डाक्टरले गत जुन महिनामा नडाइनको गर्भाशयमा दुईवटा भ्रूण राखिदिए । त्यही भ्रूणबाट उनले गत महिना दुईवटी छोरीलाई जन्माएकी हुन् । एकै दिन तयार पारिएको भ्रूणबाट तिम्ल्याहा छोरी पाउादा कोपर दम्पती मख्ख छन् । उनीहरूको घरमा केटाकेटीको चहलपहलले जीवन भरिदिएको छ । -डेलिमेल)

प्रतिक्रिया