सातौं राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलमा हुने

कैलाली, १९ फागुन । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुने भएको छ । बिहीबार साझ राष्ट्रिय खेलकुद परिषद्को धनगढीमा वसेको बोर्ड बैठकले पूर्वाञ्चलमा गर्ने निर्णय गरेको हो ।
राखेप अध्यक्ष एबम् युवा तथा खेलकुद मन्त्री कमला रोकाको अध्यक्षतामा वसेको बैठकले पूर्वाञ्चलमा गर्ने भनेर बोर्डको ८८ औं बैठकबाट सर्वसम्मतले निर्णय भएको राखेपका सदस्यचिव युवराज लामाले जानकारी दिए ।
सदस्यसचिव लामाद्वारा जारी गरिएको बिज्ञप्तीमा खेलकुदको मिति भने तोकिएको छैन् । बिज्ञप्तीमा  विभिन्न बाधा अबरोधका बाजुद छैटौं खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद उल्लेख गरिएको छ । राखेपले हरेक दुईवर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको ।

प्रतिक्रिया