विष्फोटक पदार्थ सहित पक्राउ

दाङ, १९ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले विष्फोटक पर्दाथ वनाउने उपकरण सहित शुक्रवार एक जनालाई सार्वजनिक गरेको छ ।
रोल्पाको ओत गाविस वडा नम्वर ३ निवासी ३५ बर्षीय जसराम बुढालाई सार्वजनिक गरेको हो । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले बुधवार राति चेक जाँचका क्रममा उनलाई दाङको घोराहीबाट पक्राउ गरेको थियो ।
ब्ुढाको साथबाट प्रहरीले डेटोनेटर १०, थान जिलेटिन १०, थान ७ दशमलव ९ मिटर डेटकर्ड २, थान मोवाईल सेट बरामत गरेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । बुढालाई विष्फोटक पदार्थ ऐन २०१८ अनुसारको मुद्दामा चलाईने दाङका प्रमुख गणेशबहादुर ऐरले जानकारी दिए ।

प्रतिक्रिया