छोरा बचाउन आमाको याचना

दाङ, १९ फागुन । ब्लड क्यान्सरबाट आफ्नो १६ वर्षीया छोरा जीवनमरणको दोसाँधमा पुगे पछि दाङकी एक महिलाले छोरो बचाइदिन सहयोगको याचना गरेकी छन् । घोराही नगरपालिका वडा नम्वर ११ काठेकोहल निवासी पवी बस्नेतले आर्थिक सहयोग गरी आफ्नो छोरा खिमबहादुर बस्नेतलाई बचाइदिन सबै सामु आग्रह गरेकी हुन् । ।
ब्लड क्यान्सरबाट पीडित आफ्नो छोरालाई बचाइदिन आग्रह गर्दै उनले नबिल बैंकको खाता नम्बर २६१००१७५०५१८५ मा रकम जम्मा गरिदिन वा फोन नम्बर ०८२–६९३७६५ र ९७५८५०११६३ मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् ।
घोराहीको शान्तिसुधा उमाविमा कक्षा ९ मा पढिरहेका खिमबहादुर विगत एक वर्षदेखि ब्लड क्यान्सरबाट पीडित छन् । अहिलेसम्म उपचारका लागि पाँच लाखजति खर्च गरिसके पनि पूर्ण रुपमा उपचार हुन नसकेको आमा बस्नेतको भनाई छ ।
डाक्टरले ब्लड क्यान्सर भएका व्यक्तिको पूरै रगत फेर्नुपर्ने र त्यसका लागि २५ लाखजति लाग्ने बताए पछि आर्थिक जोहो गर्न उनले सबै सामु सहयोगको याचना गरेनी हुन् । छोराको उपचार नेपालमा सम्भव नहुने र बाहिर लैजान घरको आर्थिक अवस्थाले धान्न नसक्ने हुँदा छोरा बचाउनका लागि सबै सामु सहयोग मागेको उनले बताईन् ।
पवीका क्यान्सर पीडित छोरालाई गत वर्ष फागुनदेखि काठमाडौं मोडेल हस्पिटलमा नियमित रगत राख्ने र औषधी सेवन गर्ने काम भैरहेको छ । जसको लागि मासिक २ हजारजति खर्च भइरहेको पीडित पवीले बताइन् । डाक्टरहरुले बिरामीको अवस्था बिग्रन नदिन नियमित औषधी सेवन र रगत राख्ने काम गरिरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया