दुर्घटनामा ३४ यात्रु घाइते

चितवन, १९ फागुन । चितवनको मंगलपुर गाविसमा आज मिनिबस दुर्घटना हुँंदा  ३२ जना यात्रु घाईते भएका छन् । पश्चिम चितवनको गोब्रेनीबाट नारायणगढ तर्फ आउँदै गरेको ना ३ ख ८५२५ नंबरको मिनिबस अनियन्त्रीत भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते सबैको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
यसैबीच, गैंडाको आक्रमणमा परि टिकौली जंगलमा आज २ जना घाईते भएका   छन् । रत्ननगर नगरपालिका वडा नम्वर ६, का २३ वर्षीय शिशिर रेग्मी र ७ वर्षीया बालिका सावित्री देवकोटालाई गैंडाले आक्रमण गरेको प्रहरीले बताएको छ ।  पूर्वी चितवनको टाँडीबाट भरतपुर तर्फ आउँदै ना १५ प ८७४२ नंबरको मोटरसाईकलमा सवार उनीहरुलाई आज बिहान टिकौली जंगलमा गैंडाले आक्रमण गरेको थियो ।
उनीहरुको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया