प्रहरी माथि आक्रमण

 काठमाडौं, १८ फागुन । बारा जिल्लाको भवानिपुरमा प्रहरी गस्ति टोली माथि ढुङगा प्रहार गरेर प्रहरी जवान र हतियार नियन्त्रणमा लिने स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ढुङगा प्रहार गरेर हतियार खोस्नुका साथै प्रहरी जवान मोतिलाल यादवलाई कुटपिट गरेको आरोपमा भवानिपुर जितपुर वडा नम्वर ७ विसौलिया गाउँ बस्ने ईन्द्रदेव राउत र राम बिकाश राउतलाई पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । गएराति मादक पदार्थ सेवन गरी हो हल्ला गरेको खबर प्राप्त गर्ना साथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटीएको प्रहरी टोली माथि स्थानीय युवाले ढुङगामुढा गरेका थिए ।
पक्राउ गर्ने क्रममा झण्डै २ सय जनाको संख्यामा रहेको भीडले प्रहरीको मोबाईल गाडीमा ढुङ्गामुढा गरी सिसा फुटाएका छन् । उनीहरुले तयस क्रममा प्रहरी जवान यादबलार्ई नियन्त्रणमा लिई कुटपिट गर्नुका सार्थ यादवले बोकेको हतियार समेत नियन्त्रणमा लिएको बुलेटिनमा उल्लेख छ ।
प्रहरीले भीडलाई तितर बितर गर्न हवाई फायर समेत गर्नुपरेको थियो । भीड तितर बितर भएपछि नियन्त्रणमा रहेका प्रहरी जवान यादव उद्धार गरी हतियार फिर्ता लिएको प्रहरीले जनाएको छ । घाइते प्रहरी जवान यादवको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया