आक्रमणकारी संरक्षण गरेको वाईसिएलको आरोप

काभ्रे, १८ फागुन । वाइसिएल काभ्रेका जिल्ला सदस्य राजेश लामाका आक्रमणमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
वाईसिएल काभ्रेले आज बनेपामा पत्रकार सम्मेलन गरेर लामाका आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कारकाही गर्न माग गरेको हो । वाइसिएल काभ्रेका अध्यक्ष मर्दन सिंह तामाङले आक्रमणकारीलाई कारबाही नगरिए ईट्टाको बदला पत्थरले जवाफ दिने चेतावनी दिए ।
फागुन १३ गते विहान नासिका स्थान साँगा गाविस, आशापुरीमा राजेश लामा सहितका ब्यक्तिलाई आक्रमण गरेर घाईते बनाएका थिए ।
अध्यक्ष लामाले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् । उनले फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाले संरक्षण गरेको दाबी गरे ।
घटनामा संलग्न भएको आंशका र किटानी उजुरीका आधारमा सोनाम सिं तामाङलाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक खेम आचार्यले जानकारी दिएका छन् । आक्रमण गर्नेहरु मध्ये कोहि सिन्धुपाल्चोकको तातोपानी र राजधानी तर्फ भागेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया